कृषि व्यवसाय प्रबर्धन गर्न मेगा बैंक र आइडीई नेपालबीच सम्झौता
नेपालबहस संवाददाता
जेठ ३, २०७९ बुधबार १:१४:२०
३ जेठ, काठमाडाैं । मेगा बैंक नेपाल लिमिटेडले साना किसानहरुको कृषि व्यवसाय प्रबद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।
काठमाडौँको कमलादीस्थित मेगा बैंकको कर्पोरेट कार्यालयमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइडीई नेपालको नेपाल प्रमुख कोरी ओ हाराबाट सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएकाे छ । कार्यक्रममा मेगा बैंकका पदाधिकारीहरु, आइडीई नेपाल, सिआईएमएमवाईटीका साथै आरएण्डडी इनोभेटिभ सोलुसनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
आइडीई नेपालसँगको सम्झौतापछि मेगा बैंकले विदेशबाट फर्केका आप्रवासी कामदार एवम् साना तथा मझौला कृषकहरुलाई व्यवसाय विस्तार गर्न वा नयाँ उद्यम–व्यवसाय गर्नका लागि आईडीई नेपालको सिफारिसमा साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षरपछि बैंकका कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लघु, घरेलु एवं साना तथा मझौला उद्यमीहरुलाई व्यवसाय विस्तार गर्न आवश्यक कर्जा प्रदान गर्नुको साथै सहुलियतपूर्ण कर्जा सेवा विशेषगरी बैंकको सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सात जिल्लाहरु कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा रहेका बैंकका शाखामार्फत छिटो छरितो ढंगले सेवा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
आइडीई नेपालका प्रमुख हारा एवम् आरएण्डडी ईनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता नेमाफुकीले मेगा बैंकले साना किसान, महिला, विपन्न वर्गलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको बताए ।
आइडीई नेपालसँगको सम्झौता अन्तर्गत मेगा बैंकले प्रबद्र्धन गर्दै आएको डिजिटल बैंकिङ उपकरण ‘मेगा किसान कार्ड’ मार्फत २५०० जना कृषकहरुलाई किसान कार्ड वितरण गर्ने लक्ष्य राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार