इलाममा लालकिल्ला भत्काउँदै २५ वर्षपछि नगरपालिकामा फर्कियो कांग्रेस
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १४:५५:५५
४ जेठ, इलाम । इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले जित निकालेको हो ।
नेपाली कांग्रेसका उम्मेदवार केशव थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । थापाले १३ हजार एकसय ६५ मत पाउँदा चेम्जुङले १० हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा पनि नेपाली कांग्रेसलेनै विजय हासिल गरेको छ । कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बुले एमालेकी सिता रिजाललाई उपप्रमुखमा पराजित गरेकी हुन् । दाहालको १३ हजार पाँच सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाइन् ।
इलाम नगरपालिकामा २०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन । २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए । १८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भए ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा शुसिला नेम्वाङ निर्वाचित भएका थिए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुवै पदमा जित हासिल गरेको हो ।
१२ वटा वडा रहेको इलाम नगरपालिकामा कांग्रेसले नौवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले तीनवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले २, ३ र ११ नम्बरको वडाध्यक्ष तिजेको छ भने बाँकी सवै वडाध्यक्ष कांग्रेसले जितेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार