दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेस, उपमेयरमा माओवादी केन्द्र विजयी
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार १५:७:१६
४ जेठ, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । गठबन्धनकातर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तिर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई ४३९३ मतले पछि पार्दै भट्टराई मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११३८९ मत पाउँदा आचार्यले ६९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १०४३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका बिणादेबी राईले ७३१९ मत पाएका छन् ।
बिणादेबी निवर्तमान उपमेयर हुन् । राप्रपाका जीवनकुमार श्रेष्ठले ४०१, उपमेयका उम्मेदवार चन्द्रकुमारी राईले ५६२ र खम्बुवान राष्ट्रिय मोर्चा नेपालका सुवास राईले १० मत पाएका छन् । १५ वडा रहेको नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा कांग्रेसका नवराज राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा माओवादी केन्द्रका ध्रुवबिक्रम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ सोल्मामा एमालेका महेन्द्रबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई जियी भएका छन् ।
यस्तै , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा कांग्रेसका दिनेश घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा माओवादी केन्द्रका माधव राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा कांग्रेसका हरिप्रसाद चौंलागाई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा एमालेका लिलाकुमार चौहान विजयी भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा माओवादी केन्द्रका दिनेश कठेत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा जसपाका मुगाधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जसपाका इखबहादुर राई जियी भएका छन् ।
यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा माओवादी केन्द्रका दानबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा माओवादी केन्द्रका भगेश्वर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा एमालेका दिनेश राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कमा कांग्रेसका रामबादुर कट्वाल विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार