क्यानले ८ असोज देखि ५ कात्तिकसम्म नेपाली टी–२० लिग आयोजना गर्ने
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २१:०:५७
४ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले होम एण्ड अवेका आधारमा नेपाल टी–२० लिग गर्ने गरी मिति घोषणा गरेको छ । काठमाडौंको एक होटलमा भब्य कार्यक्रमकबीच क्यानले मिति घोषणा गरेको हो । प्रतियोगिता ८ असोजमा सुरु भई ५ कात्तिकमा समापन हुनेछ ।
खेलका लागि क्यानले भारतीय कम्पनी सेभेट थ्री स्पोर्टस्सँग कमर्सियल पार्टनरको रुपमा सम्झौता गरेको छ । घोषणासँगै नेपाली क्रिकेट नयाँ आयमतर्फ बढेको क्यानका कार्यवहाक सचिव प्रशान्त विक्रम मल्लले जनाए ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले संघका आधिकारिक लिगको मिति र प्रतियोगिता घोषणा गर्न पाउँदा खुसी लागेकाे बताए । प्रतियोगिता कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने चन्दले बताए ।
यस्तै, प्रतियोगितासँगै क्यान आर्थिक रुपमा बलियो हुने उनले बताए । टिमको नाम र घोषणा १५ दिनपछि गर्ने बताए । २०७६ मा चतुर बहादुर चन्दको नयाँ नेतृत्व आएदेखि नै फ्रेन्चाइज लिग गर्ने सोचमा भए पनि कोभिड महामारी लगायतले गर्दा ढिला भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार