स्वास्थ्य र शिक्षालाई राज्यको दायित्वमा राख्नुपर्छः डा.भट्टराई
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २१:४५:१६
४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई शिक्षा र स्वास्थ्य क्षेत्रलाई सरकारले आफ्नो दायित्वभित्र ल्याउनुपर्ने बताएका छन् । उनले यी क्षेत्रलाई बढी निजिकरण गर्ने तर्फ ध्यान दिँदा राज्यको स्वास्थ्य र शिक्षा नीति विग्रिएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले शिक्षा नीतिमा परिवर्तन गर्न आवश्यक भएकोमा जोड दिए ।
भट्टराईले भारतसँग भइरहेको नेपालको असमान व्यापार सम्बन्ध सच्याउनुपर्नेमा पनि जोड दिए । चीनसँग भन्दा भारतबाटै नेपालले सामान आयात निर्यात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले यसका लागि भारतसँगको असमान सम्बन्ध सच्याउनुपर्नेमा बताए ।
भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उनले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताएका हुन् । यद्यपि, उत्तरी नाका पनि खोल्नुपर्ने उनको भनाइ छ ।
भारतको चासो यसबारे जानकारी लिएर उनले अर्थनीति बनाउनुपर्नेमा बताए । तर, नीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राख्नुपर्ने बताएका उनले राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । स्वास्थ्य र शिक्षालाई निजीकरण नगरी राज्यले आफ्नो दायित्वमा राख्नुपर्ने भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार