नबिल र एनबी बैंकबीच हुने भनिएको बिगमर्जको मुद्दा लम्बियो, आज हेर्न नमिल्नेमा
नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २३:३:५
४ जेठ, काठमाडौं । ठूलो तामझामका साथ गर्न लागिएको नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको बिगमर्ज बिरुद्ध परेको रिटको सुनुवाई आज पनि सरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको बेञ्चमा आज बुधबारका लागि तोकिएको मुद्धा हेर्न नमिल्नेमा राखिएको हाे ।
दुई ठूला बैंकको मर्जर रोक्न एनबी बैंकका संस्थापक लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेका थिए ।
सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हिजो मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा परेको थियो । तर नबिल बैंक र एनबी बैंकका तर्फबाट बहस गर्ने वकिलहरुले समय दिन नसक्दा हिजोको सुनुवाई आजका लागि सरेको थियो ।
यसअघि तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भन्दै सर्वोच्चले आदेश दिएको थियो ।दुवै पक्षलाई डाकिएको संयुक्त इजलाशले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जरको काम रोकिनेछ ।
अब अदालतले सम्भवत भोलिका लागि अर्को इजलाश तोक्ने छ । भोलि हुने इजलाशमा अदालतले वादी र प्रतिवादीका कुरा सुनिसकेपछि अन्तरिम आदेशलाई निरन्तरता दिए मर्जर प्रक्रिया रोकिनेछ भने रिट खारेज गरे मर्जर प्रक्रिया अघि बढ्नेछ । फैसलामा भईरहेको ढिलाईले बंगलादेश बैंकले बोलाएको विशेष साधारणसभा भने रोकिने भएको छ ।
दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । एनबी बैंकमा बंगलादेशी साझेदार आइएफआइसी बैंक ढाकाको ४०।८९ प्रतिशत शेयर छ । यो शेयर बिनोद चौधरीकी श्रीमती सारिका चौधरीले किन्ने गरी समझदारी भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार