खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

नेपालबहस संवाददाता
जेठ ४, २०७९ बुधबार २३:१६:४२

♦ खड्क सुनार
४ जेठ, मुगु । जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजय भएका छन् ।
गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए । मल्ल लाई शाही ९ सय मतान्तरले फरक पारेका छन् ।
गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सरिता रोकायाले ४ हजार ५४८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी हुन् । रोकायाकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेका थिए ।
जम्मा ११ वटा वडा रहेको खतेड गाउँपालिकामा माओवादीले २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा जितेका थियो भने अहिले ३ वटा वडामा मात्र जित हात पारेको छ । यस निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
म्यानमारले जित्यो फोर नेसन्स च्याम्पियनसिपको उपाधि
फागुन १४, २०८१ बुधबार
उर्जालाई कुलमानले फर्काए जवाफ : दुःख दिने नियत देखियो, मलाई हटाउने अधिकार मन्त्रालयसँग छैन
फागुन १५, २०८१ बिहिबार
बेलायतको विवादपछि के पाकिस्तानले एलोन मस्कसँग सम्झौता गर्न सक्छ ?
फागुन १५, २०८१ बिहिबार
दुई सिफ्टमा अपरेसन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
फागुन १५, २०८१ बिहिबार
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न मन्त्रालयको आग्रह
फागुन १५, २०८१ बिहिबार
झापामा रिसाएका नारायणकाजी : तीन दिन प्रचण्डलाई दंग्याएर फेरि अभियानमा सरिक भए
फागुन १५, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार