५३४ पालिकाको परिणाम घोषणा, कुन दल कति स्थानमा विजयी ?
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १२:१३:८
५ जेठ काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम घोषणा भएको छ ।
जसमा नेपाली कांग्रेसले २४१ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५४ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पाँच वर्षअघि भएको स्थानीय चुनावमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको छ । ७ सय ५३ मध्ये नेकपा माओवादी केन्द्रले १०१ स्थानमा जित हासिल गरेको छ ।
यसअघि भएको स्थानीय तह चुनाव माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो । जनता समाजवादी पार्टीले १२, नेकपा एकीकृत समाजवादीले ९ र लोकतन्त्रिक समाजवादी पार्टीले १ स्थानीय तह प्रमुख जितेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र उम्मेदवारहरुले १६ स्थानीय तहको प्रमुख जितेका छन् ।
त्यसैगरी उपप्रमुखतर्फमा कांग्रेसले २२४ को स्थानीय तहको उपप्रमुख जितेको छ । त्यसैगरी एमालेले १६४, माओवादी केन्द्रले १०६, एकीकृत समाजवादीले १६ स्थानीय तहको उपप्रमुखमा जित हासिल गरेको छ । जनता समाजवादी पार्टीले १३, राप्रपा, स्वतन्त्र, राजमो, लोकतान्त्रिक समाजवादी पार्टीले पनि उपप्रमुखमा जित हासिल गरेको छ ।
सार्वजनिक नतिजामा जितपुर-सिमरा, घोराही उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिका रहेका छन् । अझै ६ महानगरपालिकासहित २१९ स्थानीय तहको परिणाम बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार