आजदेखि राष्ट्र बैंकले १० प्रतिशत व्याजदरमा १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १४:३४:२
५ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार विकास ऋणपत्र २०८१ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि २ वर्ष रहेको छ ।
जेठ र असार महिनाभित्र १ खर्ब भन्दा बढी आन्तरिक ऋण संकलन गर्ने राष्ट्र बैंकको योजना छ । यहीअनुसार बिहीबारदेखि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागिएको हो ।
ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी र अन्य संगठित संस्थाले खरिद गर्न पाउँने बताइएको छ । ऋणपत्र घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निस्कासन रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भागजाने अंकमा हुनुपर्ने बैंकले जनाएको छ ।
जेठ ५ मा बोलकबोल संकलन गरेर ६ गते ऋणपत्र निस्कासन गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ भने ६ महिनामा ब्याजदर भुक्तानी पाइँनेछ । ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार