शम्भुनाथमा कांग्रेसलाई पराजित गर्दै एकीकृत समाजवादी विजयी
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १५:४२:१८
५ जेठ , सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी भएका हुन् ।
कलवारले पाँच हजार ३९२ मत प्राप्त गरे । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार चौधरीले चार हजार १४३ मत ल्याएका छन् । विसं २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका गुप्ता ४४ मत अन्तरले पराजित भएका थिए । त्यो बेला कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गरेका थिए ।
एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा जित हासिल गरे । उनले ४ हजार ९९८ मत ल्याएका छन् । चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले चार हजार २७१ मत ल्याएका छन् । वडाध्यक्षमा एकीकृत समाजवादीले पाँच, काग्रेसले पाँच तथा जसपा र लोसपाले एक÷एक वडाध्यक्षमा जित हासिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार