व्यक्तिगत आयकरको सीमा थपेर कर्मचारीको तलब होलसेलमा बढाउँदैछन् अर्थमन्त्री शर्मा
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १७:२८:३१
५ जेठ,काठमाडौं । आगामी आर्थिक वर्षको बजेटका सिदान्त र प्राथमिकतामाथि छलफल भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले व्यक्तिगत करयोग्य आयको सीमा बढाउँदैछन् ।
उनले करयोग्य आयको सीमा बढाएर होलसेलमा निजामति कर्मचारीको तलब बढाएर बजेट सार्वजनिक गर्ने छन् । होलसेल तलब तथ्न उनले करिब २ अर्ब ३० करोड बजेट व्यवस्था गरेका छन् । यो वर्ष भरिका लागि हो ।
अर्थमन्त्रीले राखेका दुई विषय आय करको सीमा र कर्मचारीको होलसेल तलवबृद्धिबीच कति अन्तरसम्बन्ध छ भन्नेबारे अर्थका कर्मचारीसमेत अन्योलमा छन् ।
गत वर्षको बजेटले २ हजार रूपैयाँको दरमा बढाइएको निजामति कर्मचारीहरूको तलब अब पेश हुने बजेटमा पनि मन्त्री शर्माले सोही दरमा बढाउने छन् ।
अर्थमन्त्रालय स्रोतकाअनुसार प्रतिशतका आधारमा तलब बढाउन कर्मचारीको दवाव छ । तर, यो हिसावमा सम्मभव छैन । त्यसैले सबैलाई समान ढंगगले तलब बढेको अनुभूति गराउने सोचमा अर्थमन्त्री छन् । तथ्यांक रेकर्ड राखिएअनुसार हाल साढे ८८ हजार हाराहारीमा कर्मचारी छन् ।
अर्थमन्त्री शर्मालाई व्यक्तिगत करयोग्य आरको सीमा बढाउन धेरै अघिदेखि दवाव पनि आएको हो । यसका केही आधारहरु आन्तरिक राजस्व विभागले दिएको पनि छ । रोजगारी तथा आय प्रभावित भएसँगै व्यक्तिगत करयोग्य आयको सीमा बढाउन सुझाव आएको हो ।
नेपालमा अहिले अविवाहितले ४ लाख र दम्पतीले साढे ४ लाखसम्मको वार्षिक आम्दानीमा पनि एक प्रतिशत कर तिर्नु पर्छ । त्यसभन्दा एक लाखसम्म बढीमा १० प्रतिशत र त्यस माथिको थप दुई लाख कमाईमा २० प्रतिशत आयकर तिर्नु पर्छ ।
यसभन्दा माथि एकैपटक थप १३ लाखसम्म बढीको आयमा ३० प्रतिशत र बढीमा २० लाखभन्दा माथिको कमाइमा ३६ प्रतिशत कर लाग्छ ।
व्यक्तिगत आयकरमा छुट दिँदा यसबाट मध्यम तथा न्यून आय हुनेलाई राहत पुग्ने हुँदा यसबाट उनीहरु बचत तथा लगानी वा खर्चका लागि प्रोत्साहित हुनेछन्, जसले आर्थिक गतिविधि बढाएर अर्थतन्त्रलाई गति दिन पनि मद्दत गर्नेछ ।
अर्थमन्त्रालयले भारतीय बजेटको प्रभाव अध्ययन गर्न समितिनै बनाएको थियो । यसै सुझावअनुसार बजेटमा व्यक्तिगत आयकरको सीमा समेत बढाइने छ । कम्तिमा पनि वार्षिक ८ लाखभन्दा कमको आयमा कर नलगाउने बनाउने प्रयास अहिले पनि जारीछ । अर्थ स्रोतका अनुसार आय कर लाग्ने आम्दानी सीमा बढाउन अर्थमन्त्री सकारात्मक छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार