निर्वाचन अधिकृतविहीन बूढीगङ्गामा मतगणना अन्योल
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १८:४:५३
५ जेठ, बाजुरा । बूढीगङ्गा नगरपालिकाको चार वडामा मतगणना अन्योल भएको छ । नगर एक सातादेखि निर्वाचन अधिकृतविहीन बन्दा मतगणना अन्योल भएको हो ।
गत वैशाख ३० गते निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटाले आफु असुरक्षित भएको जनाउँदै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरामा राजिनामा बुझाएपछि नगर निर्वाचन अधिकृतविहीन बनेको हो ।
उक्त नगरको २, ३, ५ र ९ वडामा विभिन्न पार्टीका कार्यकर्ताबीच झड्प भएपछि आफु असुरक्षित भएकाले निर्वाचनकार्य अघि बढाउन नसक्ने जनाउँदै निर्वाचन अधिकृत सापकोटाले राजिनामा दिएका थिए ।
सापकोटाको राजिनामापछि निर्वाचन आयोगले वैकल्पिक ब्यवस्था नगर्दा ती वडाको निर्वाचनकार्य अन्योलमा परेको हो । आयोगले बूढीगङ्गामा निर्वाचन अधिकृत पठाउन खोज्दा कसैले आउन नमानेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए ।
ती वडामा नेकपा ‘एमाले’ले विवाद सिर्जना गरेको जनाउँदै नेपाली कांग्रेसले पुनः मतदान गर्नुपर्ने अडान राख्दै आएको छ । एमालेले भने शान्तिपूर्ण वातावरणमै मतदान भएकाले निर्वाचन भएको सबै वडाको मतगणना सुरु हुनुपर्नै जनाउँदै आएको छ ।
यसैबीच बूढीगङ्गामा मतदान विवाद भएको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले नगरको सवै वडामा पुनः मतदान गर्न निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगका आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा अनुगमन टोली जिल्ला आएको थियो ।
अनुगमनमा टोलीले जिल्लामा राजनीतिक दल तथा उम्मेदवार, मतदान अधिकृत र सुरक्षाकर्मीसँग राय–सुझाव सङ्कलन गरेर फर्किएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार