गठबन्धनका विजयी उम्मेदारलाई पौडेलले दिए बधाई
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार १८:८:३
५ जेठ , तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई तथा शुभकामना दिएका छन् । उनले पण्डितको कार्यकालको सफलताको कामना पनि व्यक्त गरेका छन् ।
जिल्लाको व्यासनगरपालिका पछिको ठूलो उक्त नगरपालिकाको प्रमुखमा बुधबार साँझ भारी मत फरकले पण्डित विजयी भएका हुन् । शुक्लागण्डकीमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रबीच गठबन्धन भएकामा प्रमुख र उपप्रमुख दुबै पदमा गठबन्धन विजयी भएका छन् ।
कुल खसेको पच्चीस हजार सात सय अन्ठाउन मतमध्ये विजयी पण्डितले बाह्र हजार दुई सय त्रिसठ्ठी मत ल्याएका हुन । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मुक्ति तिम्सेनाले नौ हजार ८४३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका खुमबहादुर बिक (राजु)ले दश हजार २९६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी फुलमाया वाग्लेले नौ हजार ९५७ मत पाएकी छिन् । कूल मतदाता ३८ हजार ३१५मतमध्ये १९३ मत बदर भएको थियो ।
त्यसैगरी वडा नं १ मा नेपाली कांग्रेसका रविचन्द्र पौडेलले एकहजार ११३,वडा नं २ मा कांग्रेसका सुमनबहादुर रानामगरले ९२५, वडा नं ३ मा कांग्रेसका सचिन भुजेलले ८३६, वडा नं ४ मा कांग्रेसका राजकुमार वाग्लेले ७७८, वडा नं ५ मा एमालेका दीर्घबहादुर थापाले एकजार २१९, वडा नं ६ मा एमालेका बुद्धिबहादुर थापाले एकहजार २७३ मत ल्याएर विजयी भएका थिए ।
त्यसैगरी,वडा नं ७ मा नेपाली कांग्रेसका खड्कसिं थापा,वडा नं ८ मा एमालेका नारायणसिं थापा १२८१,वडा नं ९ मा एमालेका धनबहादुर पुलामी ७४०,वडा नं १० मा माओवादी केन्द्रका राजेन्द्र भट्टराई क्षेत्री ९२५,वडा नं ११ मा एमालेका शालिकराम भट्टराई १०३८ र वडा नं १२ मा एमालेका इन्द्र गुरुड विजयी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार