नेपालले दुई खेलअगावै गुमायो युगान्डाविरूद्धको शृंखला
नेपालबहस संवाददाता
जेठ ५, २०७९ बिहिबार २२:४४:५९
५ जेठ, काठमाडौं। लगातार तीन खेलमा पराजित भएसँगै नेपाली राष्ट्रिय महिला टिमले घरेलु मैदानमा जारी युगान्डाविरुद्धको टी-२० शृंखला दुई खेल अगावै गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय शृंखला खेलिरहेको नेपाल आजको तेस्रो टी-२० जित्नै पर्ने दबाबसहित मैदानमा उत्रिएको थियो । तर, बिहीबारको खेलमा पनि ६ विकेटको पराजयसँगै नेपालले शृंखला गुमाएको छ ।
९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको युगान्डाले १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । युगान्डाको लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२ रनको बनाइन । यस्तै, लियोना बाब्रिए पाँच रनमा पेभेलियन फर्केकी थिइन् । यानेट एम्बाबाजी २७ रन बनाएर आउट हुँदा रिता मुसामाली ९ रन बनाएर आउट भएकी थिइन् । पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएकी रिता न्यान्गेन्डो १ रनमा पेभेलियन फर्किँदा फियोना कुलुमे ४ रनमा अविजित रहिन् ।
बलिङतर्फ नेपालका लागि कविता कुँवरले २ तथा रुबिना क्षेत्री र इन्दु बर्माले १-१ विकेट लिए । यसअघि नेपालका लागि विकेट किपर तथा ब्याटर ज्योति पाण्डेले ५४ बलमा पाँच चौकासहित ४७ रनको महत्त्वपूर्ण इनिङ खेलेकी थिइन् ।कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । युगान्डाका लागि फियोना कुलुमे, कोन्ची अवेको र साराह एकिटेङले २–२ तथा यानेट एम्बाबाजी र रिता मुसामालीले १–१ विकेट लिएका थिए ।पहिलो टी- २० मा १२ रनको हार बेहोरेको नेपाल दोस्रो खेलमा एक विकेटले हारेको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
जय ट्रफी : वीरगञ्जमा आर्मीविरुद्ध पुलिस क्लबले ४ रनको झिनो अग्रता
पुष २२, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका विभिन्न २० विभागमा सचिव मनोनयन ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार