जुम्लाका ६० वडामा क-कसले जिते ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ५, २०७९ शुक्रबार २:४३:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/sthaniya-chunab_MR93pzWmCD.jpg)
५ जेठ, जुम्ला । ८ स्थानीय तह रहेको जुम्लामा ६० वडा छ। वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। कांग्रेसका पाँच पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख निर्वाचित भएका छन् ।
माओवादीका दुई पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख निर्वाचित भएका हुन् । यस्तै एकीकृत समाजवादीबा एक पालिकामा उपप्रमुख निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कांग्रेस २६ वडामा निर्वाचित
स्थानीय तहको निर्वाचनमा जुम्लाका २६ वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । चन्दननाथ नगरपालिका – १ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने सोही नगरपालिका – २ वडामा कांग्रेसका हेमबहादुर बुढ्थापा, ४ मा कांग्रेसका नवराज देवकोटा र ६ वडामा कांग्रेसका रविबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
चन्दननाथ नगरपालिका – ८ वडामा कांग्रेसका रुपबहादुर रोकाया, गुठीचौर गाउँपालिका– १ वडामा कांग्रेसका अर्जुन कुमार महतारा, सोही गाउँपालिका– ४ वडामा कांग्रेसका टिकादत्त न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् ।
पातारासी गाउँपालिका – २ वडामा कांग्रेसका बलबहादुर बोहरा, सोही गाउँपालिका – ५ वडामा कांग्रेसका दत्तबहादुर बुढा, ६ नम्बर वडामा कांग्रेसका कर्मबहादुर विष्ट र ७ वडामा कांग्रेसका विरबहादुर बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
कनकासुन्दरी गाउँपालिका –३ वडामा कांग्रेसका भैरबहादुर बुढा, सिंजा गाउँपालिका – १ वडामा हरिनन्द आचार्य, सोही गाउँपालिका – ५ वडामा कृष्णबहादुर रोकाया वडाध्यक्षमा निर्वाचित भएका छन् ।
हिमा गाउँपालिका – १ वडामा काँग्रेसका रतनबहादुर शाही, ५ वडामा कालो शाही, ६ मा उपराज अधिकारी कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
तिला गाउँपालिका – २ वडामा चन्द्रबहादुर बोहरा, ३मा धनबहादुर शाही, ५ मा ललितबहादुर शाही, ६ वडामा जंग रोकाया, ८ वडमा आसे बस्नेत र ९ वडामा धनबहादु रावत कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।
तातोपानी गाउँपालिका – १ वडामा कांग्रेसका कर्णबहादुर कठायत, ३ वडामा गोकर्ण रावल र ५ वडामा छिरिङ्ग महत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माओवादी १९ वडामा निर्वाचित
तातोपानी गाउँपालिका – ६ वडामा माओवादीका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । कनकासुन्दरी गाउँपालिका – १ वडामा माओवादीका भीमबहादुर भण्डारी, २ वडामा खाम्मा रावत, ४ मा धनमानसिंह हमाल र ५ वडामा विष्णु बहादुर बढुवाल वडाध्यक्ष निर्वाचित भएका छन् ।
सिंजा गाउँपालिका –२ वडामा माओवादीका तिर्थ वड र ३ वडामा सुरतबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन् । हिमा गाउँपालिका – ३ वडामा माओवादीका धनविर रोकाया र ४ वडामा जग्ग रोकाया वडाध्यक्षमा निर्वाचित भएका छन् ।
तिला गाउँपालिका – १ वडामा माओवादीका जंगबहादुर बस्नेत र ७ वडाका खुम्मीलाल रोकाया वडाध्यक्षमा निर्वाचित भएका हुन् । पातारासी गाउँपालिका –१ वडामा माओवादीका लालसिंह ऐडी, ३ वडाका गोविन्द रावत र ४ वडामा कालीबहादुर ऐडी निर्वाचित भएका छन् ।
चन्दननाथ नगरपालिका – ३ वडामा माओवादी रतन खत्री, ५ वडामा विर्खबहादुर कार्की, ९ वडामा भीमबहादुर रावत र १० वडामा नमराज शाही वडाध्यक्षमा निर्वाचित भएका छन् । गुठीचौर गाउँपालिका – ५ वडामा माओवादीका कमलबहादुर महत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
एमाले ६ वडामा निर्वाचित
कनकासुन्दरी गाउँपालिका – ६ वडामा एमालेका प्रेमबहादुर पछाई, सिंजा गाउँपालिका – ४ वडामा एमालेका रन्जित बुढा, तिला गाउँपालिका – ४ वडामा एमालेका भक्तविर सार्की निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका – २ वडामा एमालेका चन्द्रमान बुढा, ४ वडामा अमरबहादुर रोकाया र ७ वडामा तिलकबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
समाजवादी ६ वडामा निर्वाचित
चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत, हिमा गाउँपालिका– २ वडामा हरिबहादुर रोकाया, ७ वडामा विक्रमबहादुर शाही, कनकासुन्दरी गाउँपालिका– ७ वडामा तेजबहादुर जिसी वडाध्यक्ष निर्वाचित भएका छन् । गुठीचौर गाउँपालिका– २ वडामा समाजवादीका दीपबहादुर रोकाया र तातोपानी गाउँपालिका – ८ वडामा नरबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेमकिपा १, स्वतन्त्र २ वडामा निर्वाचित
सिंजा गाउँपालिका – ५ वडामा नेपाल मजदुर किसान पार्टीका लालबहादुर बुढा वडाध्यक्ष निर्वाचित भएका छन् । यस्तै कनकासुन्दरी गाउँपालिका – ८ वडामा स्वतन्त्र उम्मेदवार धनबहादुर कामी र गुठीचौर गाउँपालिका – ३ वडामा स्वतन्त्र उम्मेदवार इन्द्र बुढा वडाध्यक्षमा निर्वाचित भएका छन् ।
जुम्लामा २०७४को निर्वाचनमा माओबादीकेन्द्रले २५ वडा , ऐमालेले १७ वटा वडा , नेपाली काँग्रेसले १५ वडा , एक वडा स्वतन्त्र र २ नेपाल मजदुर किसान पार्टीले जितेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
भारतका विश्वविद्यालयमा नेपाली विद्यार्थी असुरक्षित भएकै हुन् ?
फागुन ६, २०८१ मंगलबार
लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
फागुन ६, २०८१ मंगलबार
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार