६१७ पालिकाको मतपरिणाम सार्वजनिक, कुन दलले कति जिते ?
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १२:२४:५२
६ जेठ काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार बिहान ६ बजेसम्म ६१७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो । जसमा २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन् ।
यस्तै जनता समाजवादी पार्टीले १८, नेकपा एकीकृत समाजवादीले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादी २०, जसपा १७, लोसपा ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ ठाउँमा जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार
यस वर्षको 'एसईई' चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
आज यी चार प्रदेशमा छिटपुट वर्षाको सम्भावना
माघ १, २०८१ मंगलबार
६ महिनामा ५ खर्ब ५९ अर्ब राजश्व संकलन, लक्ष्य भेट्टाउन सकेन
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार