आईपीएल क्रिकेटमा बेङ्ग्लोरले गुजरातलाई हरायो
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १३:३१:५५
६ जेठ एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले गुजरात टाइटन्सलाई हराएको छ ।
मुम्बईमा गएराति भएको खेलमा बेङ्ग्लोरले शीर्ष स्थानको गुजरातलाई ८ विकेटले हराएको हो । जितसँगै बेङ्ग्लोरले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बेङ्ग्लोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।
बेङ्ग्लोरका विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले । गुजरातका राशिद खानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । गुजरातका कप्तान हार्दिक पान्डेयले अविजित ६२ रनको अर्धशतकीय पारी खेले ।
बेङ्ग्लोरका जोश हाजलउडले २ विकेट लिए । बेङ्ग्लोर १४ खेलमा १६ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । गुजरात प्ले अफमा पुगिसकेको छ । शीर्ष स्थानमा रहेको गुजरातको १४ खेलमा २० अङ्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार