सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १३:४६:१
६ जेठ , कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा शर्मा विजयी भएकी हुन् ।
चन्दले ६ हजार १७० तथा उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका वीरेन्द्र रावतले पाँच हजार ८५२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी शर्माले ६ हजार ९१ तथा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चित्रबहादुर हमालले पाँच हजार ३११ मत प्राप्त गरे ।
नौ वडा रहेको सिम्तामा एमालेले पाँच र कांगे्रसले चार वडामा जित हासिल गरेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि यहाँ अध्यक्ष/उपाध्यक्षमा एमाले उम्मेदवार नै विजयी भएका थिए ।
सिम्ताको मतगणना सम्पन्न भएसँगै सुर्खेतका नौवटै पालिकाको निर्वाचन परिणाम घोषणा भएको छ । कांगे्रसले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख, एमालेले चार पालिकाको प्रमुख, एक पालिकाको उपप्रमुख र माओवादी केन्द्रले एक पालिकाको प्रमुख पदमा जित हासिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार