२२ वर्षपछि चुनावमा घर फर्किएका पौडेल चोरी मुद्दामा समातिए
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १३:५१:४९
५ जेठ, लमजुङ । प्रहरीले लमजुङको मध्यनेपाल नगरपालिका– १ जिता घर भएका वर्ष ५१ का भुपेन्द्र पौडेललाई सजाय तोकिएको २२ वर्षपछि पक्राउ गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले उनलाई समातिएको बताए ।
साविक पुनरावेदन अदालत पोखराबाट ०६० साल फागुन ३ गतेको फैसलाले डाँका चोरी मुद्दामा पौडेललाई ५ वर्ष ११ महिना ७ दिन कैद र ४७ लाख ८७ हजार २५० रुपैयाँ जरिवाना तिर्नु पर्ने उल्लेख छ ।
स्थानीय तह निर्वाचनमा गाउँमा आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङको समन्वय र मध्यनेपाल नगरपालिका ३ मा रहेको प्रहरी चौकी सोती पसलबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार गाउँबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका उनलाई लमजुङ जिल्ला अदालतमा पेश गरिएकोमा पौडेलले जरिवाना समेतको रकम दाखिला गर्न नसकेको र उक्त जरिवाना समेतको रकमलाई कैदमा निर्धारण गरी लमजुङ अदालतले निज पौडेललाई ९ बर्ष ११ महिना ६ दिन कैद हुने गरी पौडेललाई कैद भुक्तानको लागी बिहीवार लमजुङ कारागार चलान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार