पहिला जोसँग हारे अहिले उसैलाई हराए
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १४:१६:९
६ जेठ, बेनी । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित भएका नेकपा (एमाले) का बेगप्रसाद गर्बुजाले त्यतिबेलाकै प्रतिस्पर्धीलाई पराजित गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई गर्बुजाले पराजित गरेका हुन् ।
विसं २०७४ मा रोकाले गर्बुजालाई ८५ मतले पराजीत गरेका थिए । यस पटकको निर्वाचनमा गर्बुजाले रोकालाई १२१ मतान्तरले हराउँदै जित हासिल गरेका हुन् । गर्बुजाले तीन हजार ९१, रोकाले दुई हजार ९७० र नेकपा (माओवादी केन्द्र) का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत प्राप्त गरेका छन् । तेह्र हजार २०१ मतदाता रहेको मालिकामा आठ हजार ८४५ मत खसेको थियो ।
कूल ६ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा एमालेले २२ वडासहित चार स्थानीय तहमा प्रमुख, तीन स्थानीय तहमा उपप्रमुख, कांग्रेसले १७ वडासहित दुई स्थानीय तहमा प्रमुख र एउटामा उपप्रमुख तथा माओवादी केन्द्रले ६ वडासहित दुई स्थानीय तहमा उपप्रमुखमा जित हासिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार