लुम्बिनी जनरल इन्स्योरेन्सको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा ,जेठ १३ गतेदेखि आवेदन खुल्ला
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १६:४९:४६
६ जेठ ,काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापकतर्फको १ लाख २२ हजार २ सय ८७ कित्ता शेयर बिक्रीमा आएको छ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको लुम्बिनीको संस्थापक शेयर बिक्री गर्ने भएको हो । शेयर सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सले जनाएको छ ।
संस्थापक शेयरको न्यूनतम मूल्य प्रति कित्ता २०० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा तोकिएको न्यूनतम मूल्य अथवा सो मूल्यभन्दा बढी रेट राखी बोलपत्र पेस गर्नु पर्नेछ। त्यस्तै, बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । बोलपत्रमा जेठ १३ गतेदेखि आवेदन दिन सकिनेछ । बोलपत्रमा जेठ २७ गतेसम्म आवेदन पेस गरी सक्नुपर्नेछ ।
इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित भएको ३५ दिनभित्र लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ । उल्लेखित अवधिमा खरिद गर्न इच्छुक गैरसंस्थापक लगानीकर्ता तथा योग्य जो कोही व्यक्ति या संगठित संस्थाले पनि सिलबन्दी बोलकबोलमा भाग लिन सक्नेछन् । बोलपत्र आवेदन कुमारी क्यापिटलबाट प्राप्त गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार
बाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार