भरतपुर महानगरद्वारा अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई सम्मान
नेपालबहस संवाददाता
जेठ ६, २०७९ शुक्रबार १७:४९:२१
६ जेठ, चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा र सिर्जना विश्वकर्माको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमकाबीच एक जोडीलाई नगद रु एक–एक लाखसहित सम्मान गरेको हो ।
कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीले छुवाछूतको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताईन् । उनले भनीन, “समाजमा रहेको जातीय विभेद हटाउन घर, टोलबाटै अभियान सुरु गर्नुपर्छ ।” समाजमा रहेको कुरीति अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, उत्पीडित दलित वर्ग विकास समितिका पूर्व कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, सामाजिक विकास अधिकृत शान्ता पौडेल, महानगरपालिका–१० का वडा सदस्य माया नेपाली, महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिका संयोजक चक्र रुचाललगायतले बोलेका थिए । महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई सम्मान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनित ( हेर्नुस सूचीसहित )
पुष २६, २०८१ शुक्रबार
आगो बाल्दा वा विद्युतीय उपकरणको प्रयोग गर्दा सावधानी अपनाउन मन्त्रालयको आग्रह
पुष २६, २०८१ शुक्रबार