पोखरामा ५० प्रतिशत भन्दा बढी मतगणना सकियो, यस्तो छ ताजा नतिजा
नेपालबहस संवाददाता
जेठ ७, २०७९ शनिबार १२:२१:४०
७ जेठ, पोखरा । पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।
जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ ।
अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि १७, ३० र ३१ को मतगणना गर्न लागिएको छ । १६, १७, २१, ३३ लगायत वडाहरुमा बढी मतदाता छन् । ५० प्रतिशतभन्दा बढी गणना सकिँदा गठबन्धन उम्मेद्वारको अग्रता कायम छ ।
आचार्यले २९ हजार ८ सय ७ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २६ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । ७२ हजार ९ सय १८ मत गणना हुँदा आचार्यले ३ हजार ४ सय ४२ मतले अग्रता कायम गरेका छन् ।
मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले ३ हजार १ सय ४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले १ हजार ९ सय ६६ मत पाएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट झिनो अन्तरले अगििड छिन् । उनले ३० हजार २ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १ सय ७६ मत प्राप्त गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार