कैलालीको जानकी गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी
नेपालबहस संवाददाता
जेठ ७, २०७९ शनिबार १३:३०:७
७ जेठ कैलाली । कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा गणेश चौधरी र उपाध्यक्षमा लालमतीदेवी कठरीया विजयी भएकी हुन् । गाउँपालिका अध्यक्षमा विजयी भएका चौधरी करिब २५ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए ।
उनले ७ हजार १५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार परशुराम कठरीयाले ५ हजार २४२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार नेकपा एमालेका टेकबहादुर बमले ४२४१ मत पाए ।
यसैगरी गाउँपालिका उपाध्यक्षमा ६ हजार ५६२ मत प्राप्त गरी नागरिक उन्मुक्ति पार्टीकी लालमतीदेवी कठरीया विजयी भइन् । उनीसँग नेकपा एमालेकी उम्मेदवार गीता चौधरी १ हजार ७०४ मत अन्तरले पराजित भइन् । चौधरीले ४ हजार ८५८ मत पाएकी छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार जय प्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे ।
यसअघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी कैलालीका टिकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा विजयी भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार