पालिका चुनाव : बैतडीका शीर्ष नेताले आफ्नै पालिका गुमाए
नेपालबहस संवाददाता
जेठ ७, २०७९ शनिबार १७:३४:०
७ जेठ, बैतडी । बैतडी जिल्ला सदरमुकामको दशरथचन्द नगरपालिका यसअघि नेपाली कांग्रेसको गढका रुपमा चिनिन्थ्यो । यो नगरपालिका वर्तमान कांग्रेस जिल्ला सभापति चतुरबहादुर चन्द, पूर्व सभापति तथा पूर्व मन्त्री नरबहादुर चन्द, विनयध्वज चन्द, नरेन्द्रसिंह थापा, शिवराज भट्ट लगायत केही दिग्गज नेताहरुको नगरपालिका हो ।
नगरपालिकामा २०७४ मासमेत कांग्रेसले चुनाव जित्दै पूर्ण बहुमत ल्याएको थियो । तर, अहिले भने कांग्रेस उपमेयर र ४ वडामा सीमित छ । अहिले दशरथचन्द नगरपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । एमालेले नगर प्रमुखसहित ७ वडा जितेको छ ।
यसैगरी जिल्लाको दोश्रो सहर ‘मध्यपहाडी लोक मार्गको नमुना सहर’ समेत रहेको पाटन नगरपालिका नेकपा एमाले बाट निर्वाचित प्रतिनिधि सभा सांसद, पूर्व मन्त्री तथा एमालेका सुदुरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीको नगरपालिका हो । यस नगरपालिकामा एमाले हारेको छ ।
सत्ता साझेदार गठबन्धनले यस नगरपालिकामा ६ वडासहित मेयर र उपमेयरमा विजय हासिल गर्दा एमाले ४ वडामा सीमित छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज पुरनसिंह दयालको नगरपालिका मेलौलीमा एमाले पराजित भएको छ ।
यहाँ नेकपा माओवादी केन्द्रले प्रमुख पदमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नरेन्द्र कुवर ‘विजय सुन्दर’ ले यसअघि २०७४को निर्वाचनमा जित हासिल गरेको पुर्चौडी नगरपालिका यसपालि गुमाएको छ । पुर्चौडीमा नेपाली कांग्रेसले मेयर, उपमेयरसहित स्पष्ट बहुमत ल्याएको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका एमाले अध्यक्ष सुरेन्द्र पालको पालिका हो । तर, यहाँ एमालेमै रहेका युवाहरुले विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएरै विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय युवा संघका तत्कालिन प्रदेश अध्यक्ष सन्तोश जोशी विजयी भएका छन् भने, यज्ञ भट्ट, प्रकाश मणि भट्ट लगायतका युवाहरु वडामा निर्वाचित भएका छन् ।
यसअघि २०७४ मा अध्यक्ष,उपाध्यक्षसहित बहुमत वडा जितेको एमाले २ वडामा सीमित भएको छ भने उपाध्यक्षसहित २ वडा नेपाली कांग्रेसले जितेको छ । यसैगरी नेकपा ‘एकिकृत समाजवादी’ का जिल्ला इन्चार्ज परमानन्द भट्ट र माओवादी नेता तथा प्रदेश सांसद प्रेम प्रकास भट्ट ‘आदित्य’को सुर्नया गाउँपालिकामा समाजवादी पराजित भएको छ ।
यस पालिकामा यी दुवै दलले गठबन्धनसमेत गरेका थिए । तर, अध्यक्ष र ३ वडा एमाले–राप्रपा गठबन्धनले जित्दा ४ वडामा कांग्रेस र १ वडामा माओवादीले जित हासिल गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष महादेव भट्टको दशरथचन्द नगरपालिकामा पार्टीको अवस्था नाजुक देखिएको छ । यो नगरपालिका पूर्व प्रदेशमन्त्री समेत रहेकी एकिकृत समाजवादी नेतृ माया भट्टको नगरपालिका समेत हो ।
एकिकृत समाजवादीले जिल्लाका एउटै वडामा समेत विजय हासिल गरेको छैन् । तर, नेकपा एमालेका केन्द्रिय सदस्य तथा बैतडी जिल्ला सह–इन्चार्ज लिलाधर भट्टको दोगडाकेदार गाउँपालिकामा भने नेकपा एमालेले स्पष्ट बहुमतसहित विजय हासिल गरेको छ । ८ वडा रहेको यस पालिकामा ६ वडासहित अध्यक्ष,उपाध्यक्ष एमालेले जितेको छ । जिल्ला उपसभापति खगेन्द्र धामीको सिगास गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको छ ।
पञ्चेश्वरमा एमालेका प्रमुख नेता गोरख बहादुर चन्द रहेकोमा त्यहाँ एमालेले अध्यक्ष,उपाध्यक्षसहित बहुमत वडामा जित हासिल गरेको छ । शिवनाथमा कांग्रेस प्रदेश सदस्य तेज बहादुर चन्द तथा युवा नेता कर्ण साउदको पालिकामा कर्ण साउद स्वयंम अध्यक्ष बनेका छन् । माओवादी केन्द्रका प्रमुख नेता आफै रहेको मेलौलीमा भिम बहादुर चन्दले मेयरमा विजय हासिल गरेका छन् । पाटनमा कांग्रेस–माओवादी गठबन्धनको विजय भएको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजकको पाटनमा युवा नेता कमल बोहरा नगर उपप्रमुखमा विजय हुदाँ वडा न १, ८ र ९ मासमेत माओवादीले विजय हासिल गरेको छ । बैतडीमा टिकट वितरणमा कमजोरी भएका कारणले ठूला नेता आफ्नो पार्टीलाई जिताउन असफल भएको चर्चा सुनिन्छ ।
केही पालिकामा भने पार्टीको संगठन कमजोर र आफ्नै भनिएका मतदातालाई जोगाउन नसक्दा हार व्यहोरेको प्रष्ट देखिन्छ । तर, पार्टी नेताहरुले भने आफू निकटका व्यक्तिलाई टिकट दिएकाले हारेको स्वीकार गर्दैनन् । जिल्लाका ४ पालिकामा एमाले, ४ मा कांग्रेस, एउटामा माओवादी केन्द्र र एउटामा स्वतन्त्रले प्रमुख पदमा विजय हासिल गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार