सिम्रिक साकोस बिर्तामोडले शुरु गर्यो मोवाइल बैंकिङ सेवा

यज्ञप्रसाद भट्टराई
जेठ ८, २०७९ आइतबार १७:३२:३३

♦ यज्ञप्रसाद भट्टराई
८ जेठ, काठमाडौं । ५० हजारभन्दा माथि शेयर सदस्य रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ४ झापाले आफ्ना सदस्यहरुको सहज कारोबारका लागि मोबाइल बैंकिङ सेवा सुरु गरेको छ । सदस्यहरुको बढदो आर्थिक कारोबारलाई ध्यानमा राखेर सिम्रिक साकोसले मोबाईल बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । ‘सिम्रिक मोबाईल एप’ नाम दिईएको उक्त सेवाको हिजो एक कार्यक्रमका बिच संस्थाका कार्यकारी प्रमूख कमलबहादुर बस्नेतले आधिकारिक रुपमा शुभारम्भ भएको घोषणा गरेका छन् ।
झापा, मोरङ्ग र सुनसरीमा ४५ भन्दा बढी सेवाकेन्द्र मार्फत ५० हजारभन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. कोे बिर्तामोड नगर पालिका वार्ड नं. ४ मा मुख्य कार्यालय रहेको छ । झापा जिल्लाकै अब्बल सहकारी संस्थामा गणनामा आइरहेको सिम्रिक साकोसले झापा, मोरङ्ग र ईलाममा आफुसँग आबद्ध रहेका शेयर सदस्यहरुको माग र समयको आवश्यकतालाई समेत सम्बोधन गर्दै आईरहेको संस्थाका कार्यकारी प्रमूख कमलबहादुर बस्नेतले बताएका छन् ।
कार्यकारी प्रमूख बस्नेतले संस्था स्थापनाको अवस्थाको स्मरण गर्दै सदस्यको बचत संकलन र बचत फिर्ता गर्न कै लागि पनि ठूला ठूला ढड्डा पल्टाउनु पर्ने बिगतको समस्या अब नरहेको बताएका हुन । उनले अब सदस्यले आर्थिक कारोबार गर्न कार्यालयसम्म आउनु पर्ने झञ्झटको अन्त्य भएको बताए ।
एम बैंकसँगको सहकार्यमा सिम्रिक साकोसले सञ्चालनमा ल्याएको यस ‘सिम्रिक मोबाईल एप’ बाट सदस्यहरुले ईसेवा, खल्ती, आईएमईपे, प्रभूपे, सजिलोपेमार्फत कारोबार गर्न सक्ने साथै बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल भुक्तानी, ईन्टरनेट शुल्क भुक्तानी, ईन्र्योरेन्स प्रिमियम भुक्तानी, हवाई टिकटका साथै मोबाईल टपअप रिचार्ज गर्न सकिने संस्थाका कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले नेपालबहस डटकमलाई बताएका छन् ।
एम बैंकसंगको सहकार्यमा सिम्रिक साकोसले सञ्चालनमा ल्याएको उक्त एपमा इ–सेवाका युटिलिटी सर्भिसहरु समावेश भएको तथा एन्ड्रोइड र आइओएस दुवै प्लेटटफर्ममा चलाउन मिल्ने एम बैंकका चिफ विजनेश अफिसर संजय महासेठले जानकारी दिएका छन् । सुरक्षा र सुविधाको दृष्टिकोणले पनि अन्य बैंकहरु सरह सिम्रिकको सेवा रहेको उनले बताए ।
यस एपको प्रयोग गरि सदस्यले बैंकमा समेत पैसा ट्रान्सफर अन्य बैंक तथा वित्तिय संस्थाहरुसंँग फन्ड ट्रान्सफरको काम पनि गर्न सकिने कुरा बताइएको थियो । बिदेशबाट पठाइएको रकम सिटी एक्सप्रेस मार्फत सम्बन्धित सदस्यकै खातामा जम्मा हुने भएकोले अन्य मोबाईल एप भन्दा यो सेवा थप प्रभावकारी हुने संस्थाले जनाएको छ ।
सदस्यहरुलाई एप चलाउन, बुझ्न र डिजिटल भुक्तानी प्रक्रियामा जोडिन सदस्यलाई संस्थाका सदस्यहरुलाई स्पष्ट जानकारी गराउने संस्थाले जनाएको छ । यसका लागि पहिलो चरणमा संस्थामा आबद्ध कर्मचारीहरुलाई यो एप चलाउन तालिम सञ्चालन गर्ने र त्यस पछि कर्मचारी मार्फत आफ्ना सदस्यहरुलाई सिकाउने कार्य गर्ने संस्थाले जनाएको छ । ईसेवा, खल्ती, आईएमईपे, प्रभूपे, सजिलोपे मार्फत सदस्यहरुले कारोबार गर्न सक्ने बताईएको छ ।
सदस्यहरुलाई विद्युतिय भुक्तानी (डिजिटल पेमेन्ट सिस्टम) का साथै आधारभुत बैंकिङ सुविधा जुनसुकै ठाउँमा उपलब्ध होस् तथा प्रविधिको विकासलाई आत्मासाथ गर्दै सदस्यको सुविधालाई ध्यानमा राखेर सेवा सञ्चालनमा ल्याएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतको भनाई छ ।
‘सिम्रिक मोबाईल एप’ सञ्चालनका बिबिध आयाम र आउन सक्ने समस्याहरुका बिषयमा सिम्रिक साकोसका सेवाकेन्द्र प्रमूख बिशेष गौतमले समसामयिक बिषयमा जिज्ञासा राखेका थिए भने एप लन्च कार्यक्रममा प्रमुख प्रशिक्षक एम बैंकका विजनेस अफिसर संजय महासेठले तालिममा उठेका जिज्ञासाहरुलाई समाधान गर्ने र एपका फाईदाका बिषयमा संस्थाकाका कर्मचारीलाई जानकारी गराएका थिए ।
संस्थाका उपाध्यक्ष किरण कपुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन तालिम बिभाग प्रमुख विजय बस्नेतले गरेका थिए । संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत संस्थाका जनशक्ति बिभाग प्रमुख मिनबहादुर अधिकारीले गरेका थिए ।
२०६८ साल माघ २४ गते ५५ जना शेयर सदस्यको २० लाख ५० हजार शेयर पुंजीबाट स्थापना भएको संस्थामा हाल ५० हजार हाराहारीमा सदस्य रहेका छन् । संस्थाको शेयर पुंजी हाल ३२ करोड र वासलात २ अर्ब ५० करोड रहेको छ । साथै संस्थाले २ अर्ब १८ करोड लगानी र निक्षेप १ अर्ब १५ करोड रहेको जनाएको छ । साथै संस्थाको झापा, मोरङ र इलाम जिल्ला गरी ४६ सेवाकेन्द्र सञ्चालनमा छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
पेरुको ‘ट्वेल्भ एङ्गल स्टोन’मा तोडफोड
फागुन ७, २०८१ बुधबार
पाकिस्तानमा बन्दुकधारी समूहको आक्रमणबाट सात पञ्जाबी सर्वसाधारणको मृत्यु
फागुन ७, २०८१ बुधबार
म्याक्रोँले युक्रेनबारे नयाँ वार्ताका इयूका अधिकारीसँग छलफल गर्ने
फागुन ७, २०८१ बुधबार
‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार
फागुन ७, २०८१ बुधबार