घरजग्गा कारोवारमा मन्दीः व्यवसायीहरुको भागाभाग, बैंक तथा वित्तीय संस्था र सहकारीहरु डुब्दै
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार १९:२५:२९
♦ अनुसा थापा
८ जेठ, काठमाडौं । पछिल्लो समय घरजग्गा बजारमा नै मन्दी आएको छ । जग्गा कारोबार ठप्प जस्तै भइसकेको छ । जसको कारण जग्गा प्लानिङ गर्नेहरुको भागाभाग भइसकेको छ । तर, यता रुवाबासी भने सिधासाधा जनताको घरमा चलेको छ ।
व्यक्तिसँग ३६ प्रतिशतमा सापटी लिएका जग्गा कारोबारीहरु भागेपछि धेरैजना चुलुम्मै डुबेका छन् । जग्गा पास गरिदिने शर्तमा बैना दिएकाहरु पनि ‘घर न घाटको’ बनेका छन् । ६ महिनाअघि एक करोड पर्ने जग्गालाई बैनास्वरुप ४० लाख रुपैयाँ बुझाईसकेकालाई अहिले ‘मर्नु न बाैलाउनु’ भएको छ । किन कि त्यो जग्गा त वित्तीय संस्थाको नाममा थियो । वित्तीय संस्थाबाट ऋण लिएर जग्गा प्लानिङ गरेका थिए । पुरै कर्जा नतिरेसम्म वित्तीय संस्थाले धितो त फुक्का गर्दैन् ।
नेपाल राष्ट्र बैंक र सहकारी विभागका अनुसार घरजग्गामा लगानी गरेका वित्तीय संस्थाकाे दुई खर्ब ८० अर्ब ७५ करोड रूपैयाँ खराब कर्जामा परेको छ । यो लगानी वित्तीय संस्थाले उठाउनै नसक्ने मातहतको निकायले जनाएको हो । कर्जा नतिर्नेलाई वित्तीय संस्थाले कालोसूचीमा राखेको छ । उनीहरुको तीन पुस्ताको नाम नै पत्रपत्रिकामा निकालिएको छ । यता, लिलाम गर्न खोज्दा पनि खरिद गर्ने नपाउँदा वित्तीय संस्था आफै पनि धरासायी बन्न थालेका छन् ।
बैंक र सहकारीबाट त्यही जग्गा धितो राखेर कर्जा लिनेहरुको सामब्याज अहिले दोब्बर भइसकेको छ । यता, जग्गाको मूल्य त स्वातै घट्यो । जसको कारण बैना तिरिसकेकाले पनि आफ्नो पैसा फिर्ता माग्न थालेका छन् । हाम्रो पैसा फिर्ता चाहियो भनेपछि जग्गा कारोबारीहरु टाट पल्टिएका हुन् । ४० लाख आना पर्ने घडेरी २० लाखमा आएपछि आफ्नो पैसा फिर्ता माग्नु स्वाभाविकै हो । आखिरी कसलाई चाहि डुब्न मनलाग्छ ? प्लानिङ गर्नेहरु दुईतिरबाट फसेपछि यिनीहरु भागेको बुझिएको हो । बैंकको किस्ता तिर्न जग्गा बिक्री भएको छैन् । बैना फिर्ता दिऊ, गोजीमा शु को छैन् । अनि दुईवटै विकल्प बाँकी रहयोः कि मर्ने कि भाग्ने । ब्याजमा दिनेहरुले पनि विभिन्न बहाना बनाएर आफ्नो सामब्याज खोजिरहेका छन् । उनीहरुले सक्दो च्यापिरहेका छन् ।
अहिले बैंकहरुले कर्जा बन्द गरेका छन् । एउटा बैंकबाट अर्को बैंकमा सार्छु भन्दा पनि पाउने स्थिति छैन् । जहाँबाट कर्जा लिएकाे छ ती किस्ता तिरिरहनुपर्छ । त्यही बैंकले अन्त्यमा धितो लिलाम गर्छ । पछिल्लो समय व्यक्तिसँग भएको पैसा पनि घरजग्गा बन्दगी राखेर ब्याजमा दिदैनन् । घरजग्गाको मूल्य अझै घट्छ भन्ने कुरा थाहा पाएर ऋण दिन सबैजना पछाडि हटेका हुन् । नेपाल राष्ट्र बैंक र सहकारी विभागका अनुसार घरजग्गामा लगानी गरेका वित्तीय संस्थाकाे दुई खर्ब ८० अर्ब ७५ करोड रूपैयाँ खराब कर्जामा परेको छ । यो लगानी वित्तीय संस्थाले उठाउनै नसक्ने मातहतको निकायले जनाएको हो । कर्जा नतिर्नेलाई वित्तीय संस्थाले कालोसूचीमा राखेको छ । उनीहरुको तीन पुस्ताको नाम नै पत्रपत्रिकामा निकालिएको छ । यता, लिलाम गर्न खोज्दा पनि खरिद गर्ने नपाउँदा वित्तीय संस्था आफै पनि धरासायी बन्न थालेका छन् ।
आगामी असार मसान्तसम्म वित्तीय संस्थाले जसरी पनि सामब्याज क्लियर गरिसक्नुपर्छ । उसले आफ्नो लेखाजोखा राष्ट्र बैंक सामु पेश गर्नुपर्छ । तर, यतिखेर कसैले पनि ऋण चुक्ता गर्न सकिरहेका छैनन् । वित्तीय संस्थाले पनि आफ्नो लगानी उठाउन सकेका छैनन् । बैंक फाइनान्सले हिजो घरजग्गाकाे मूल्य चर्किएको रेटमा लगानी गरेका थिए । तर, अहिले त गुन्द्रुकको भाउमा आएको छ । पहिले बजार भ्यालुयसनको आधारमा लगानी गरेका वित्तीय संस्था आफै डुब्ने अवस्थामा आइसकेका छन् । व्यक्तिले लगानी गरेको त डुबिहाल्यो । अब, डुब्ने पालो बैंक फाइनान्सकाे हाे ।
९० प्रतिशत व्यक्तिको घरजग्गा बैंक तथा वित्तीय संस्थाको नाममा छ । कागजपत्रमा आफ्नो फोटो टाँस्ने १० प्रतिशत मात्रै होलान् । आफुले लगानी गरेको क्षेत्र नै धरासायी बनेपछि बैंक, फाइनान्स तथा सहकारीकाे लगानी जोखिममा परेको छ । कर्जा उठाउन चुनौती खडा भएको पाइन्छ । अर्थविद्हरुका अनुसार अबको १५ वर्ष घरजग्गाको मूल्य बढ्दैन् । अबको एकडेढ वर्षमा नेपालको अर्थतन्त्र झनै नाजुक हुन्छ । मन्दी र तरलताको भार झनै बढ्दै जान्छ । खाद्य संकट हुन्छ, मँहगीले जनताको ढाड सेक्छ ।
किनभने धितो राखेर कर्जा लिनेहरुले कर्जा तिर्न सक्दैन् । यता, वित्तीय संस्थाले त्यही धितो लिलाम गर्छु भन्दा पनि किन्ने व्यक्ति कोही छैन् । अहिले कतिपय यस्ता संस्थाका सीईओहरुले राजीनामा दिइसकेका छन् । उता, कतिपय सीईओले घुस खाएर वा आफ्नो जागिर जोगाउनका लागि सामव्याज नै जोडेर नयाँ ऋण बनाइदिएका छन् । नयाँ मिति राखेर सामव्याजसहित उनीहरुले नवीकरण गरिदिएका हुन् । किस्ता तिर्ने म्याद लम्बाइदिएका छन् । बैंकको सामव्याज बढ्दै छ तर धितोको मूल्य घट्दैछ । ब्याज खानका लागि बुझ्दै नबुझी पैसा लगेर वित्तीय संस्थामा राख्छन् । तर, आफ्नो पैसा कस्तो ठाँउमा लगानी भइरहेको छ बचतकर्ताले सोधखोज गर्दैनन् । विश्वासको भरमा आफ्नो जिन्दगीभरको कमाइ माया मार्नुपर्ने अवस्था बन्दैछ ।
सेवा शुल्क र घुसको लोभमा परेर सहकारी जस्ता वित्तीय संस्थाले जथाभावी लगानी गरेका छन् । आफ्नो खुट्टामा आफैंले बन्चरो हान्ने पनि उनीहरु आफैं हुन् । सोच्दै नसोची जथाभावी लगानी गर्दा आज भागाभागको स्थिति बन्यो । यस्ता वित्तीय संस्थाको चर्तिकलाबाट आजित भइसकेका जनताले पनि बचत गर्न छोडिदिएका छन् । बैंक , फाइनान्स तथा सहकारीले जनताबाट विश्वासनियता गुमाइसकेका छन् । २०५४ सालमा पनि घरजग्गाको मूल्यमा पुरै गिरावट आएको थियो । कति ऋण तिर्न नसकेर भागे, कतिले आत्महत्याको बाटो रोजे । १५ वर्षअगाडि आनाको एक लाख पर्ने जग्गा बढाएर अहिले ५० लाख बनाए, जग्गा कारोबारीहरुले । तर, ५० लाखमा किन्नेहरु चुलुम्मै डुबे । सरकारले त एक लाखको जग्गा ५० लाखमा किन्न भनेको थियो । यसमा सरकारको केही पनि दोष छैन् ।
जग्गा कारोबारीहरुले डाँडाकाँडासमेत बाँकी छोडेका छैनन् । वडाध्यक्ष र मेयरले कमिशन खाएर खेतीयोग्य जमिनलाई पाखो भनेर डोजर चलाउन सिफारिस दिएका छन् । जनप्रतिनिधिहरु जिम्मेवार नहुँदा र घुस खोरिया हुदाँ मुलुकको अर्थतन्त्रलाई चाप परेको हो । अरु देशको मुख ताकेर बस्नुपर्ने बाध्यता नेपालीको बनेको छ ।
जग्गा कारोबारीले सिधासाधा जनताहरुलाई फसाए । जँहा सरकारी रेट एक लाख भएको ठाँउमा ३० लाखमा बिक्री भइरहेको छ । बैंक , फाइनान्स तथा सहकारीले कर्जा दिदाँ सरकारी रेट होइन् बजार भाउ हेर्छन् । उसले बजारमा कति भाउ चर्किएको छ सोहीअनुसार कर्जा दिन्छ । तर, सरकारले त त्यसको जम्मा एक लाख मात्र दिन्छ । सरकारको निर्णय नमान्नेले कुनै न कुनै दिन त्यसको परिणाम पाउँछ भनेको यही हो । कानुन पेल्ने खोज्नेलाई ऋणले पेलेको छ । सिधासाधा जनताहरुलाई मँहगोमा जग्गा बेच्दै गयो । जनताहरु जालमा फस्दै गए । उता, सबै जग्गा प्लानिङ गर्दा खाद्य संकट निम्तियो । सरकारले पनि अंकुशे लगाउन सकेन्, छाडा छोडिदियो ।
बैंक, फाइनान्स तथा सहकारीले नाफा देख्यो तर आफ्नो कारणले बजारमा कति क्षति पुग्ला भनेर सोचेनन् । अहिले मँहगीले सीमा नाघेको छ । व्यापार घाटा बढ्दो छ भने तरलता थप जटिल हुँदै गइरहेको छ । बढ्दो खाद्य आयातले मुलुक नै तहसनहस पारेको छ । ९० प्रतिशत व्यक्तिको घरजग्गा बैंक तथा वित्तीय संस्थाको नाममा छ । कागजपत्रमा आफ्नो फोटो टाँस्ने १० प्रतिशत मात्रै होलान् । आफुले लगानी गरेको क्षेत्र नै धरासायी बनेपछि बैंक, फाइनान्स तथा सहकारीकाे लगानी जोखिममा परेको छ । कर्जा उठाउन चुनौती खडा भएको पाइन्छ । अर्थविद्हरुका अनुसार अबको १५ वर्ष घरजग्गाको मूल्य बढ्दैन् । अबको एकडेढ वर्षमा नेपालको अर्थतन्त्र झनै नाजुक हुन्छ । मन्दी र तरलताको भार झनै बढ्दै जान्छ । खाद्य संकट हुन्छ, मँहगीले जनताको ढाड सेक्छ ।
अहिले पनि जग्गा कारोबारीहरुले जग्गाको मूल्य बढ्छ भनेर ‘मुर्गा’ बनाउन खोजिरहेका छन् । आफु बच्ने तर अरुलाई फसाउने क्रम जारी छ । चिनजान भएका, आफन्तमा पर्नेहरुलाई पनि यसरी फसाइरहेका छन् । आफु बच्नको लागि अरुलाई फसाउन मिल्छ ? अहिले मालपोतमा घरजग्गाको नामसारी शून्य छ । अब भुमि व्यवस्था मन्त्रालयले पनि जग्गा बचाउनको निम्ति नयाँ नीति ल्याउन ढिलो भइसकेको छ । जग्गा कारोबारीहरुले डाँडाकाँडासमेत बाँकी छोडेका छैनन् । वडाध्यक्ष र मेयरले कमिशन खाएर खेतीयोग्य जमिनलाई पाखो भनेर डोजर चलाउन सिफारिस दिएका छन् । जनप्रतिनिधिहरु जिम्मेवार नहुँदा र घुस खोरिया हुदाँ मुलुकको अर्थतन्त्रलाई चाप परेको हो । अरु देशको मुख ताकेर बस्नुपर्ने बाध्यता नेपालीको बनेको छ ।
भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले पनि जग्गा कारोबारीसँग सक्दो चलखेल गरिन् । जसको कारण जनताको बारेमा उनले सोचिनन् । जनसंख्या बढेको बढ्यै छ । खानेमुख थप भएको छ । तर, उब्जनी त छैन् । सबै बाहिरबाट आयात गर्नुपर्ने बाध्यता छ । घर र बाटो मात्र देख्दा आज नेपालीहरु परनिर्भर बने । अबको पाँच वर्षमा सबै जग्गा घर र बाटो बनाएर सकिन्छ । अनि नेपालीहरु त्यही कालोपत्र उप्काउछन्, खान्छन् । घर ठड्याएको इट्टा चपाउँछन् । सरकार चलाउनेहरुले जनता र राष्ट्रको हितमा केही गरेनन् । उनीहरुले जग्गा प्लानिङ गर्नेको पक्षमा रहेर काम गर्दा आफ्नो फाइदा देखे । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले वर्षैपिच्छे घरजग्गा नामसारीबाट यति राजश्व उठ्यो भनेर सार्वजनिक गर्छ ।
तर, त्यही जग्गामा घर बनाउन दिदाँ नेपालमा कति व्यापार घाटा भयो के त्यो सार्वजनिक गर्छ ? कति खाद्यान्न आयात भयो यसमा मन्त्रालयले चासो दिन्छ ? थोरै राजश्वको लोभमा धेरै गुमाइरहेको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रीले देखेकी छिन् ? अर्थमन्त्री जनार्दन शर्माले बढ्दो खाद्यान्न आयातले अर्थतन्त्र जटिल बनेको बारम्बार बताउँदै आएका छन् । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदै छ ।
अझै पनि भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय खेतीयोग्य जमिनमा उब्जनी नै गर्नुपर्ने भन्ने निर्णय गर्न आलटाल गरिरहेको छ । कृषिमा नेपाललाई आत्मनिर्भर बनाउछु भनेपनि दलाली भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री श्रेष्ठको कारण सो सम्भव छैन् । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री जग्गा कारोबारीसँग रमाउँदा नेपाल नै गुमाउनुपर्ने स्थिति बनेको छ । जग्गा खण्डीकरण रोक्न पनि कृषि मन्त्रालयले कुनै चासो देखाएको छैन् । कृषि र भुमिसुधार मन्त्रालयको कारण देश नै संकटमा पर्याे । व्यापार घाटाले पनि सीमा नाघ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार