टेलिकम भन्छ, ‘फोरजी सेवा प्रयोग गर्ने ग्राहकको संख्या एक करोडमाथि पुग्यो’
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार १८:८:३
८ जेठ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना फोरजी सेवाका ग्राहकको संख्या १ करोडभन्दा माथि पुगेको जनाएको छ । उसले कम्पनीमा मोबाइल सेवा प्रयोगकर्ता २ करोड २० लाख ९१ हजार ७ सय ८५ रहेकोमा बाँकी २१ लाख ८७ हजार २ सय २९ टूजी प्रविधिका रहेको जनाएको छ ।
टेलिकमले २०७८ चैतसम्ममा फोरजी ग्राहक १ करोड ४ लाख २१ हजार ९ सय ७६ पुगेको र यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक ९४ लाख ८२ हजार ५ सय ८० रहेको बताएको छ ।
२०७८ फागुनमा फोरजी ग्राहक आधार ९८ लाख ९३ हजार ८ सय ७४ र थ्रीजी ग्राहक आधार ९९ लाख ४३ हजार ७ सय २९ थियो । टेलिकमले नेपालमै पहिलो पटक २०७३ पुस १७ बाट काठमाडौं र पोखराबाट सुरु गरेको फोरजी/एलटीई सेवालाई २०७६ असोज १५ देखि अत्याधुनिक प्रविधिमा अपग्रेड गरी देशभर विस्तार गर्दै आएको छ ।
टेलिकमद्वारा जारी विज्ञप्तिमा हाल उपलब्ध गराइरहेको फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिन १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुने जनाएको छ ।
मोबाइल इन्टरनेटको क्षेत्रमा एलटीई भनिने फोरजी प्रविधि मोबाइलमार्फत उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्याधुनिक प्रविधि भएको र यसबाट तीव्र गतिको इन्टरनेट प्राप्त हुने भएकाले गुणस्तरीय श्रव्यदृश्य सामग्री, गेमलगायत बढी ब्यान्डविथ आवश्यक हुने सामग्रीहरू सजिलै प्रयोग गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकममा रोबोट सेवा सुरु
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक १४, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार