बालेन फकाउँदै दलहरुः उनी जता, उतै काठमाडौं महानगर
केदार भट्टराई (काका)
जेठ ८, २०७९ आइतबार २१:४८:१४
♦केदार भट्टराई
८ जेठ, काठमाडौं । केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरपालिकाको मतपरिणाम रोचक बनिरहँदा त्यसको चर्चाको शिखरमा छन् मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) । उनले प्राप्त गरेको मतलाई हेर्दा काठमाडौं महानगरभित्रका हरेक घरधुरीबाट कम्तिमा एकमत खसेको अनुमान लगाउन सकिन्छ ।
आँटिलो व्यक्तिका रुपमा चिनिएका एमाले उम्मेदवार केशव स्थापित र राजनीतिक घरानियाँबाट राजनीतिमा आएकी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले अब महानगरको नेतृत्व पाउने सम्भावना लगभग टरिसकेको छ । महानगरका ३२ वडामध्ये १४ वडाको मतगणना सकिँदा बालेन दोब्बर मतले अगाडि पुगिसकेका छन् ।
अझ रोचक पक्ष के छ भने लौरोमा मतदान गर्ने महानगरबासीलाई थाहा छैन कि साह को हुन, कसरी आए र उनलाई किन मतदान गरियो भन्ने विषयमा । सञ्चारमाध्यमसमेत बालेन साहको वास्तविकताको नजिक पुगेको देखिदैन् । उनी के को हुन भन्ने विषयमा अझै अन्योलता कायमै छ । बालेन कहाँबाट निर्देशित छन् भन्ने प्रश्न बाँकी नै छ ।
कतिपयले बालेनलाई पूर्वराजपरिवारसँग जोडेर उतैबाट चलिरहेको आशंका पनि गरेका छन् । जे भएपनि महानगरबासीले दलहरुप्रति जागेको असन्तुष्टि उनीमार्फत पोखेका छन् । यसले भोली महानगरका कामकारवाहीमा पार्ने राम्रा र नराम्रा असरहरुको भागिदार पनि मतदाताहरुनै बन्नुपर्ने निश्चित छ ।
चुनावी प्रचारदेखि बालेनसँगै उठबस गरिरहेका व्यत्तिहरुको भनाईमा बालेन साहको पारिवारिक राजनीतिक पृष्ठभूमि नेपाली कांग्रेससँग नजिक छ । कांग्रेस पृष्ठभूमिका बालेनले भोली महानगरको मेयर जितेर काम गर्न नसकेको अवस्थामा कुनै एक पार्टीको सहारा लिने र उनले कांग्रेसलाई रोज्न सक्ने चर्चा पनि सुरु भएको छ ।
उनी स्वतन्त्र उम्मेदवार भएकाले भोली दल प्रवेश वा दल अदलबदल गर्दापनि मेयर पदमा तलमाथि गर्न सकिने कानूनी आधार छैनन् । वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठका अनुसार बालेनले आफुलाई काम गर्न सहज हुने गरी कुनै पनि दलको सहारा लिन सक्ने र उनी जता गएपनि उनको पद पनि उतै जानेछ ।
बालेन आफैले दिएका कतिपय अन्तरवार्तामा भने कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताएका छन् । उनी निकट व्यक्तिहरुका अनुसार बालेन लगायतको टीमले अगाडी नै पार्टी खोल्ने तयारी गरेको थियो र पछि पनि उनी पार्टी खोल्ने तयारीमै छन् । तर, अहिले भने उनलाई आफ्नो पार्टीमा ल्याउन सबै दलहरु लालायित नै देखिएका छन् ।
नेकपा एकीकृत समाजवादीकी नेतृ तथा मन्त्री रामकुमारी झाँक्रीले त मुखै खोलर बालेनलाई पार्टीमा आउन आग्रह गरिसकेकी छन् । अरु पार्टीहरुले भने अहिलेसम्म मुख खोलेका छैनन् । महानगरमा सबै सदस्यहरु पार्टीगत भएकाले भोलि उनलाई काम गर्न भने सहज देखिदैन ।
सरसर्ती हेर्दा बालेन्द्र साहको परिचय नेपाली र्यापर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र स्ट्रकचरल इन्जिनियरका रुपमा चिनिन्छन् । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण साह र ध्रुवदेवी साहका छोरा हुन् । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र कर्नाटक विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।
काठमाडौंको गौरीगाउँमा जन्मिएका शाह २०७२ सालको महाभूकम्पपछि उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवामा लागेका थिए । यहीबाट उनले राजनीतिमा आउने सोच बनाएको उनी निकट व्यक्तिहरु बताउँछन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार