शोधनान्तर घाटा यही अवस्थामा रहँदासम्म बैंकिङ प्रणालीमा तरलता सहज हुँदैन्ः गभर्नर अधिकारी
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार २२:४८:५०
८ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रका सूचकहरु सकारात्म नरहेको बताएका छन् । उनले सबै क्षेत्रको पहलबाट मात्रै नेपालको अर्थतन्त्रलाई लिगमा ल्याउन सकिने दावी पनि गरेका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक स्थायित्व विषयक कार्यक्रममा गभर्नर अधिकारीले अर्थतन्त्रको दिशा निर्देश गर्ने सूचकहरु त्यति सकारात्मक नदेखिएको भन्दै यसमा सबै क्षेत्रले सर्तक भएर काम गर्नुपर्ने अवस्ता रहेको बताए ।
सबै क्षेत्र सजग भएर अगाडि बढे अन्यत्रको जस्तो समस्यामा नेपाल नपर्ने भन्दै शोधनान्तर घाटा यही अवस्थामा रहँदासम्म बैंकिङ प्रणालीमा तरलता सहज नहुने ठोकुवा गरे । अधिकारीले आयातको कारण नै तरलताको समस्या देखिएको कारण बताए ।
उनले भने,‘आन्तरिक कर्जा विस्तार भएर तरलतामा खासै समस्या आउँदैन । समस्या ठूलो स्रोत आयातको लागि बाहिर जानु हो । जहिलेसम्म्म भुक्तानी सन्तुलन यसैगरी घाटामा रहन्छ, तबसम्म समस्या रहन्छ । आयातको रेमिट्यान्सले ४० प्रतिशत धान्ने अवस्था रहँदासम्म समस्या रहन्छ । यो समस्याको समाधान हामी सबैले गर्ने हो ।’
अधिकारीले चालु आर्थिक वर्षको नौ महिनामा २६९ अर्ब रुपैयाँ शोधनान्तर घाटा भएको बताए । राष्ट्र बैंकले पुसयता सतर्क रहनुपर्छ भनेर सोहीअनुसार काम गर्दै आएको भन्दै उनले पुसयता लिएका नीतिले केही काम गरेपनि एउटा नीतिले मात्र सबै काम नगर्ने र अब समग्र अर्थतन्त्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले नौ महिनामा दुई अर्ब ३८ करोड डलर रिजर्भबाट प्रयोग भइसको र एकै वर्ष यति धेरै रिजर्भ प्रयोग गर्नु संवेदनशील विषय भएको बताउँदै नौ अर्बमध्ये वर्षमा तीन अर्ब सिध्याउन नमिल्ने बताए । यसमा सबैको सहयोग चाहिने र सबैको सहयोग भयो भने सजिलै पार पाउन सकिने धारणा राखे ।
कोभिड–१९ को बेलामा राष्ट्र बैंकले सक्रिय भएर व्यवसाय गर्न सहयोग गरेकाले अहिलेको समस्या आएको भन्दै अब निजी क्षेत्रको साथ चाहिने र अब अर्थतन्त्र समस्यामा पर्दा निजी क्षेत्रले साथ दिनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार