रेशम चौधरी जेलमा, रिहा माग्ने नागरिक उन्मुक्ति पार्टी बन्यो पहिलो
नेपालबहस संवाददाता
जेठ ८, २०७९ आइतबार २३:५८:७
८ जेठ ,काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको रिहासँगै उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि भन्दै गठित नागरिक उन्मुक्ति पार्टी कैलालीमा पहिलो दल भएपछि चर्चाको विषय बनेको छ । गएको १९ पुसमा पार्टी दर्ता भएको हो । दर्ता भएको चार महिनापछि निर्वाचनमा जाँदा पार्टी कैलालीमा पहिलो बन्न सफल भएको हो ।
पार्टी गठबन्धनको योजनाकार रेशम भने जेलमै छन् । ७ भदौ २०७२ मा भएको टीकापुर घटनामा उनी अदालतबाट दोषी ठहरिएका हुन् । जेलमै रहेर समर्थकहरूलाई पार्टी दर्ता गरी निर्वाचनमा जान सुझाएका चौधरीको पार्टी अन्ततः स्थापित राजनीतिक दलहरूलाई पछि पार्दै पहिलो बनेपछि चर्चामा आएको हो ।
पार्टी केन्द्रीय सदस्य योगेन्द्र तामाङले निर्वाचनमार्फत पार्टीलाई कैलालीका जनताले रुचाएको प्रतिक्रिया दिएका छन् । निर्वाचन आयोगले जनाएअनुसार ७५ वर्षे इतिहास बोकेको स्थापित दल नेपाली कांग्रेसलाई पछि पार्दै नागरिक उन्मुक्ति पार्टी पहिलो बनेको हो । जिल्लाको १३ स्थानीय तहमध्ये उक्त पार्टीले सर्वाधिक ४ स्थानीत तहमा निर्वाचन जितेको छ । कांग्रेसले ३, एमाले र माओवादीले समान २ र नेकपा एकीकृत समाजवादी पार्टीले १ स्थानीय तह जितेको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणलाई आधार मान्दा नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिका जितेको हो । कांग्रेसले कैलारी गाउँपालिका, गोदावरी र लम्की चुहा नगरपालिका तथा एमालेले चुरे गाउँपालिका र बर्दगोरीय गाउँपालिकामा निर्वाचन जितेको आयोगले जनाएको छ ।
आयोगका अनुसार माओवादीले गौरीगंगा नगरपालिका र मोहन्याल गाउँपालिका तथा एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकामा निर्वाचन जितेका हुन् । धनगढी उपमहानगरपालिका भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल जित नजिक पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार