बारामा कांग्रेसले निकालेको विजय जुलुसमा झडप, प्रहरी सहायक निरीक्षकसहित १५ जना घाइते
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १२:९:२१
९ जेठ बारा । बारामा विजय जुलुस निकाल्ने क्रममा दुई पक्षबीच झडप हुँदा १४ जना घाइते भएका छन् । महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसले निकालेको विजय जुलुसमा भएको झडपमा परी प्रहरी सहायक निरीक्षकसहित १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
झडपमा बाराको आदर्शकोतवाल गाउँपालिका–१ चिउताहा घर भएका प्रहरी सहायक निरीक्षक ४० वर्षीय मनोज साह घाईते भएका छन् । जिल्ला अदालत चितवन दरबन्दी भई हाल उनी विपद व्यावस्थापन पर्सामा कार्यरत छन् ।
प्रहरीका अनुसार दिउँसो साढे ३ बजेतिर महागढीमाई नगरपालिकका नगर प्रमुख उपेन्द्र यादव सहितको विजय जुलुस वडा नं २ ईनर्वा टोलमा पुगेको थियो । जुलुसमा सहभागीले अपशब्द प्रयोग गरेको भन्दै स्थानीय आक्रोशमा आएका थिए ।
सोही विषयमा भएको विवादले उग्ररुप लिएर झडपमा परिणत भएको थियो । प्र.स.नि साह समेत घाईते भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
झडपपछि मेयर यादव सहितको विजय जुलुसले महागढीमाई क्षेत्र परिक्रमा गरेको थियो । महागढीमाई नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेसले जितेको छ । भने वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमाले र सदस्यमा जसपा विजयी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार