पूर्ण शर्माको टिमले जिते सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार १८:११:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/WINNER-TEAM-scaled-e1653288025495_UsbdgvML1J.jpg)
९ जेठ, काठमाडौं । पार-७२ गोकर्ण गल्फ क्लबमा आइतबार सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप प्रो–एमको उपाधि पूर्ण शर्माको टिमले जितेको छ। यो खेलमा प्रोफेसनल पूर्णको टिममा एमेच्योर महेन्द्र फगामी, समीर आचार्य र कश्मिरा शाह थिए। यो टिमले जम्मा १५३ अंक बनाउने क्रममा प्रोफेसनल पूर्णले ४४, महेन्द्रले ३८, समीरले ३६ र कश्मिराले ३५ अंक जोडेका थिए।
दोस्रो स्थानका लागि सञ्जय लामा ९३८० र एमेच्योर कर्नल। विकास शाह ९३५०, बाबु शेर्पा ९३५० र कर्णेल प्रताप बोहरा ९३४० को टोलीले कुल १४२ अंक जोडेको छ। तेस्रो स्थानका लागि रवि खड्का ९३८० र एमेच्योर आङदेन्दी शेर्पा ९३४०, चन्द्र लिम्बु ९३४० र किशोर बस्नेत ९३४० को टोलीले कुल १४० अंक जोडे।
कश्मिरा शाहले महिला तर्फ उत्कृष्ट व्यक्तिगत स्कोरको ट्रफी जित्ने क्रममा ३५ अंक जोडिन्। दावा जे शेर्पाले सबैभन्दा लामो ड्राइभ र आरती राज्य लक्ष्मी राणाले सबैभन्दा नजिकको पिन गरे। स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप ढाँचामा खेलिएको प्रो-एम प्रतियोगितामा २४ प्रोफेसनल खेलाडी सहित जम्मा ११३ खेलाडीले भाग लिएका थिए। विजेता टोलीका लागि शीर्ष प्रोसँग शीर्ष तीन एमेच्योरहरूको टोली बनाइएको थियो। त्यसैगरी चौथो, पाँचौं र छैटौं एमेच्योर स्कोररलाई दोस्रो उत्कृष्ट प्रोफेसनल र सातौं, आठौं र नवौं हुने एमेच्योरलाई सेकेन्ड रनरअप प्रोफेसनलसँग टिम अप गरिएको थियो।
सूर्य नेपाल प्रा.लि. का प्रबन्ध निर्देशक डा. रवि कुमार रायवरम, पूर्व प्रबन्ध निर्देशक अभिमन्यु पोद्दार, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र एनजीएका अध्यक्ष टासी घलेले विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए। सूर्य नेपाल गल्फ टुर २०२१-२२ को सिजनको अन्तिम कार्यक्रम सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा भोलि देखि ४३ प्रोफेसनल गल्फर र ११ जना एमेच्योरको भिडन्त हुनेछ। यो प्रतियोगितामा जम्मा रु. १.४६१ मिलियन रुपैयाँको पुरस्कार रहेको छ। जसमध्ये विजेताले रु. २ लाख ५० हजार पाउनेछन् भने उपविजेताले रु १ लाख ५५ हजार र तेस्रो हुनेले रु। ११०,००० पाउनेछन्। त्यस्तै शीर्ष २१ मा रहने अन्य खेलाडीले पनि पुरस्कारको आफ्नो अंश प्राप्ति गर्नेछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताः नेपाल र किर्गिस्तान खेल्दै
फागुन ५, २०८१ सोमबार
आहा रारा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले चुम्यो
फागुन ३, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार