तेल कारोबारीको उद्योगमन्त्री फसाउने रणनीति, ‘इन्धनको मूल्य २५० पुर्याएर निजी क्षेत्रलाई जिम्मा दिऊँ’
केदार भट्टराई (काका)
जेठ ९, २०७९ सोमबार १८:५३:२३
♦केदार भट्टराई
९ जेठ, काठमाडौं । रुस र युक्रेनको युद्धलाई कारण देखाएर बढीरहेको इन्धनको मूल्य अझै बढाउन निजी क्षेत्रका इन्धन कारोवारीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई प्रेसर दिन थालेका छन् । यही मौकामा इन्धनको मूल्य नाफामुलक अवस्थामा पुर्याएर नेपाल आयल निगमले गर्दै आएको आयात आफ्नो हातमा पार्न उनीहरुले मन्त्री बडूलाई अनेक प्रलोभनसमेत दिने गरेको बताइएको छ ।
सरकारले पनि पेट्रोलियम पदार्थको कारोबार प्रतिस्पर्धी बनाउन निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिने विषयमा छलफल अगाडि बढाएको छ । यही अवस्थामा केही ठूला पेट्राेलपम्प र इन्धन ढुवानीकर्ताहरुले मन्त्री बडूलाई ढिलो नगरी तेलको मूल्य २५० बनाएर आयातको जिम्मा निजी क्षेत्रलाई दिन दवाव दिइरहेको बताइन्छ ।
लगातार घाटामा मात्रै गइरहेको भन्दै केही विचौलियाहरुले नेपाल आयल निगमले मात्रै नेपालमा इन्धन आयात र बिक्री–वितरण नसक्ने र यसको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने लविङ गरिरहेका छन् । इन्धन जतिमा किनेको हाे सोही मूल्यमा बेच्ने गरी सरकारले पनि अध्ययन गरिरहेको छ ।
आयल निगमको अधिकार हत्याउन खोजिरहेका निजी क्षेत्रका व्यापारीहरु मूल्य नबढाएसम्म आयाताको जिम्मा लिने पक्षमा छैनन् । यसअघि पनि सरकारले निजी क्षेत्रलाई सहभागी गराउने विषयमा चलाएको छलफलमा विराट पेट्रलपम्प लगायतले इन्धनको मुल्य नाफामुलक अवस्थामा नपुगेसम्म हात हाल्न नसकिने बताएका थिए ।
अहिले उनीहरुले इन्धनमा दिएको सहुलियत स्वदेशी उत्पादन बढाउन लगाउनुपर्ने भन्दै आयातित वस्तुमा सहुलियत दिन रोक्नुपर्नेमा मन्त्री बडूलाई दवाव दिइरहेका छन् । इन्धन खपत कम गराउने विकल्पका विषयमा भने उद्योगीहरुले चासो दिएका छैनन् ।
उपभोक्ता अधिकारकर्मीहरुले भने मुल्य बढाएर आयातको जिम्मा निजी क्षेत्रलाई दिँदा मुल्यबृद्धि राज्यले धान्न नसक्ने अवस्थामा पुग्ने बताइरहेका छन् । सरकारले आइतबार रातिदेखि लागू हुनेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नै राज्य कल्याणकारी बन्न नसकेको आरेपहरु लाग्न थालेका छन् ।
अधिकारकर्मीहरुका अनुसार तेल कारोबारमा हात हाल्न चाहिरहेका उद्योगीहरुले सरकारको काम व्यापार गरेर नाफा खाने नभएको भन्दै मन्त्री बडूलाई चाँडो निर्णयमा पुगेर काम सम्पन्न गर्न भनिरहेका छन् । तर, समस्यामा परेका बेला कल्याणकारी भावना राखेर जनतालाई सहुलियत दिनुपर्ने सरकार पनि पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउने पक्षमा देखिएको छैन ।
उल्टै मुल्य बढाएर व्यापारीलाई जिम्मा लगाउने हतारोमा सरकार रहेकाले लोकतान्त्रिक सरकारले कल्याणकारी व्यवस्थामाथि प्रश्न उठेको उपभोक्ता अधिकारर्मी बताउँछन् । सरकार कूटनीतिक माध्यमबाट पनि नेपालमा पेट्रोलियम पदार्थको सहज व्यवस्थापनमा लाग्नुपर्ने उनीहरुको भनाई छ ।
उता भारतले भने कर घटाएर इन्धनको मुल्य पनि घटाएको छ । निगमका अनुसार एकवर्ष नपुग्दै ४७ अर्बमाथि नोक्सान भएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि करिब आधा खर्ब रूपैयाँ घाटा भएको आयल निगम बताउँछ ।
भारतले कर कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ र अझै बढाउन दवाव परिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि भारत सरकारले कर कटौती गर्दै पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो बनाएको छ । ग्यासमा पनि प्रतिसिलिन्डिर २ सय रुपैयाँ छुट दिइएको छ ।
इन्डियन आयल कर्पोरेसन्स (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य अचाक्ली बढेको जनाउँदै नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो । योसँगै सोमबारबाटै बजारमा सबै खाध्यबस्तुको भाउ बढ्न थालेको छ ।
बजार मूल्य अचाक्ली बढिरहँदा सरकारले कर घटाउन कुनै चासो दिएको छैन । निगमको विवरणअनुसार आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लाग्छ । ग्यासबाट मात्रै निगमलाई मासिक करिब ३ अर्ब नोक्सानी भइरहेको दावी गरिएको छ ।
सरकारले निजी क्षेत्रलाई दिएर प्रतिस्पर्धी बजार बनाएमा इन्धको मुल्य जेठभित्रै २३० माथि पुग्गने देखिएको छ । खरिद मुल्य भन्दा सबै नाफा कटाएर बिक्री मुल्य बढी भएपछि निजी क्षेत्रले इन्धन आयातको जिम्मा लिने गरी कुरा अगाडी बढीरहेको र यसका लागि मन्त्री बडूलाई प्रभावमा राख्ने काम भइरहेको बताइन्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
निजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्यपुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार