अर्थमन्त्री शर्मा र राष्ट्र बैंकबीच फेरी किचलो सुरु, बजेटमा लघुवित्तको लाइसेन्स बन्यो कारण
नेपालबहस संवाददाता
जेठ ९, २०७९ सोमबार २०:३६:२५
९ जेठ, काठमाडौं । गभर्नर निलम्बन प्रकरण सेलाउन नपाउँदै अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकबीच फेरी किचलो सुरु भएको छ । अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमै व्यवस्था गरी ठूलो संख्यामा लघुवित्त सम्बन्धित वित्तीय संस्थाको लाइसेन्स खोल्ने व्यवस्था राखेका छन् ।
अथमन्त्रालय स्रोतका अनुसार मन्त्री शर्माले भरसक सबै पालिकाहरुमा एउटा लघुवित्त वित्तीय संस्था खोल्ने गरी तयारी गरेका छन् । यसका लागि नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गर्नुपर्छ । तर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तत्काल यस्ता वित्तीय संस्थाहरु बढी रहेको भन्दै लाइसेन्स खुलाउने पक्षमा देखिएका छैनन् ।
राष्ट्र बैंक बढीभन्दा बढी यस्ता संस्थाहरुलाई एक अर्कामा प्राप्ती गराए पुँजी एकत्रित गर्ने पक्षमा देखिएको छ । यही अनुसार राष्ट्र बैंकले नीतिसमेत सार्वजनिक गरिसकेको छ । लघुवित्तका संस्थाहरुको संख्या कति बनाउने र बढाउने वा घटाउने भन्ने विषयमा अर्थमन्त्री र राष्ट्र बैंक अधिकारीहरुबीच छलफल समेत भएको छैन् ।
गभर्नर अधिकारी र मन्त्री शर्माबीच बोलचालसमेत नभएकाले दुबै निकायका कर्मचारीमार्फत मात्रै कुराकानी अगाडी बढेको छ । लाइसेन्स खुलाउने विषयमा राष्ट्र बैंकको स१चालक समितिसहित गभर्नर र डेपुटी गभर्नरकाबीचमा पनि छलफल हुनुपर्छ । अर्थमन्त्री शर्माले यो वतावरण राष्ट्र बैंकभित्र बनाउन सकेका छैनन् ।
अर्थमन्त्री शर्माले बजेटमा लघुवित्त संस्थाहरुको पहुँच बढाउन लाइसेन्स खुला गरिने विषय समावेश गराएका छन् । तर, राष्ट्र बैंकले यो विषयमा अर्थमन्त्रालयलाई कुनै सुझाव नदिएको बताएको छ । राष्ट्र बैंक धेरै संस्था बनाउनेभन्दा घटाउने पक्षमा रहेको बताइन्छ । गभर्नरसँग सम्बन्ध राम्रो नभएपनि डेपुटी गभर्नरमार्फत औपचारिक निर्णय गराउन दवाव सिर्जना गर्ने पक्षमा अर्थमन्त्री देखिएका छन् ।
राष्ट्र बैंक अधिकारीका अनुसार सबैतिर मर्जर नीति अगाडि बढिरहेको र संस्था थप्ने माग समेत नआएकाले अर्थमन्त्रीको लाइसेन्स बाँड्ने याजना असफल हुने देखिएको छ । यसरी अनुसन्धाविनै लाइसेन्स दिँदा आर्थिक चलखेलको सम्भावना पनि बढी हुने ति अधिकारीको भनाई छ ।
यता, अर्थमन्त्री शर्माले भने राष्ट्र बैंकबाट सहयोग नभएपनि सरकारको नीति तथा कार्यक्रममै ग्रामीण अर्थतन्त्रमा वित्तीय पहुँच पु¥याउन आवश्यक भएकाले आवश्यकता र औचित्यका आधारमा लघुवित्त संस्था संख्या थप्नुपर्ने विषय राखेका छन् । राष्ट्र बैंकले हाल लघुवित्त संस्थालाई लाइसेन्स दिने कार्य रोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार