प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ: नारायणकाजी श्रेष्ठ
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १४:३४:१९
१० जेठ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनबीच आगामी प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताएका छन् ।
स्थानीय तह निर्वाचनमा गरिएको तालमेल असफल भएको निष्कर्ष नभएको र प्रदेश र संघीय निर्वाचनसम्मै गठबन्धन दलहरूबीचको तालमेललाई निरन्तरता दिने पहिले नै निर्णय भएको बताए ।
‘तालमेल असफल भयो भन्ने अवस्था छैन । तर, पार्टीको औपचारिक बैठक बसेर समीक्षा गर्न बाँकी छ । समीक्षापछि तालमेल कति सफल र कति असफल भन्न सकिन्छ । यद्यपि, स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकै बेला संघ र प्रदेशमा पनि तालमेल गर्ने कुरा भएको छ’, श्रेष्ठले भने ।
गठबन्धनमा रहेकै दल नेपाली कांग्रेसले तालमेल सफल र परिणाम सकारात्मक आएको निष्कर्ष निकालेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको परिणामले संघ र प्रदेशको निर्वाचनमा तालमेलको आधार मजबुद बनेको पनि बताएका बेला नेता श्रेष्ठको पनि तालमेल हुनसक्ने अभिव्यक्ति सार्वजनिक भएको हो ।
७५३ मध्ये एमाले बलियो भएको स्थानीय तहमा मात्र गठबन्धन दलहरूबीच तालमेल भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
नेपाल स्वास्थ्य सम्मेलन सुरु
पुष ११, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पुष ११, २०८१ बिहिबार