कृषि क्वारेन्टाइन राख्न माग
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १७:३:१७
१० जेठ , महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले सोमबार साँझ भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष जङ्गबहादुर मल्ल नेतृत्वको टोलीले भारतको बनबासामा मुख्यमन्त्री धामीलाई भेटेर बनबासा पुलमा २४ सै घण्टा आवागमन सहज हुनुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहसित जोड्न भारतले आफ्नो भूमिमा सडक, पुल, रेल्वेलगायतको संरचना जोड्न निर्माणमा पहल गर्नलगायतका माग राखेर ज्ञापन बुझाएको हो ।
“यसअघि दैनिक चार घण्टा खुल्ने पुल मुख्यमन्त्रीज्यूकै पहलमा अहिले सात घण्टा खुलिरहेको छ,” वाणिज्य संघका अध्यक्ष मल्लले भने, “ पूर्णागिरिबाट खटिमा बजारसम्म नेपाली सवारीसाधन चल्न पाउनुपर्ने माग पनि राखेका छौँ ।”
संघले कृषि क्वारेन्टाइन नहुँदा समस्या भइरहेको जनाउँदै क्वारेन्टाइन स्थापनाका लागि पनि माग गरिएको जनाएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री धामीले नेपाल–भारतको परापूर्वकालदेखि धार्मिक र आर्थिक सम्बन्ध रहेको बताएका छन् । “नाका खुलाउनुपर्ने विषय आवश्यकताको विषय पनि हो,” उनले भने, “यो विषयमा यथाशीघ्र पहल गर्नेछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार