महालक्ष्मीको २८ औँ वार्षिकोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १८:५६:१३
१० जेठ, काठमाडाैं । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैकिङ सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकले २८ औँ वर्षमा प्रवेश गरेको छ ।
जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउन लागेको यस बैंकले नेपाली संस्कृति, पुरातत्त्व र लोक संस्कृतिको संरक्षण, संवर्धन तथा प्रवर्धनमा अतुलनीय भूमिका निर्वाह गरेका संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मान गरेको हाे ।
उनकै निवास बखुम्बहाल ललितपुरमा आयोजित एक विशेष कार्यक्रमबिच यस बैंकका सञ्चालक समितिकाअध्यक्ष राजेश उपाध्यायले जाेशीकाे अभिनन्दन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले साहित्य, समाजशास्त्र तथा दर्शन विज्ञानतर्फ उनको योगदान अविस्मरणीय रहँदै आएको बताए ।
२८ औँ वार्षिकोत्सवकाे अवसरमा बैंकले आफ्ना १०३ वटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरेको छ । एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा बैंकले महालक्ष्मी स्थानमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।
आर्थिक र सामाजिक विकासका लागि वातावरण प्रवर्धन, सहरी सौन्दर्य प्रवर्धन तथा प्रदूषण नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले टेवा समाजलाई पुग्ने विश्वास बैंकले लिएको छ ।
२८ औँ वर्षमा प्रवेश गरेकाे सुखद अवसरमा बैंकले ग्राहक, सेयरधनी, नियमनकारी निकायहरूप्रति कृतज्ञता जाहेर गरेको छ। यस २७ वर्षको सहकार्यमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको बैंकले जनाएको छ। आदरणीय ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनका लागि यस बेंकले कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमाअझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपालीजनतामा पुरयाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार