युक्रेन युद्धलाई ‘लज्जास्पद’ भन्दै राष्ट्रसंघमा कार्यरत रुसी कूटनीतिज्ञले दिए राजीनामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_s2hpG4zcSJ.jpeg
)
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार १९:४२:४
![](https://nepalbahas.prixacdn.net/media/albums/putin_pzWYnE7Wpy.jpg)
१० जेठ, जेनेभा । संयुक्त राष्ट्रसंघका एक रुसी कूटनीतिज्ञले सोमबार युक्रेनमाथिको आक्रमणलाई ‘लज्जास्पद’ भन्दै राजीनामा दिएका छन् । रुसी कूटनीतिज्ञ बोरिस बोन्डारेभले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा “आक्रामक युद्ध विरुद्ध” विदेशी सहयोगीहरूलाई पत्र पठाउनुअघि नै उनले राजीनामा बुझाएको बताएका छन् ।
रुसी मिसनलाई सोमबार प्राप्त भएको पत्रमा बोरिसले आफ्नो राजीनामाको पुष्टि गरेका छन् । युक्रेनमा रुसी आक्रमणको मितिलाई उद्धृत गर्दै बोरिसले लेखेका छन्, “कूटनीतिज्ञको रूपमा मेरो २० वर्ष लामो करियरमा मैले विदेश नीतिमा धेरै परिवर्तनहरू देखेको छु तर यस वर्षको २४ फेब्रुअरीअघि आफ्नो देशप्रति त्यति लाज कहिल्यै महसुस गरेको थिइनँ ।”
“पुटिनले युक्रेन विरुद्ध सुरु गरेको युद्ध, वा पूरै पश्चिम विरुद्ध छेडिएको युद्ध युक्रेनी जनताको विरुद्ध मात्र नभई रुसका जनता विरुद्ध पनि गम्भीर अपराध हो,” उनले भनेका छन् । उल्लेखनीय कुरा के छ भने यस वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेको थियो ।
हिन्दुस्तान टाइम्सका अनुसार टेलिफोनमा सम्पर्क गर्दा रुसी कूटनीतिज्ञ बोरिसले राजदूत गेन्नाडी गाटिलोभलाई राजीनामा बुझाएको बताएका छन् । बोरिसले भनेका छन्, “अहिले मेरो सरकारले जे गरिरहेको छ त्यो असह्य छ । सरकारी कर्मचारी भएको नाताले यसमा मेरो पनि कुनै न कुनै जिम्मेवारी हुन्छ र म त्यसका लागि तयार छैन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
कजाकिस्तानको चिहानमा भेटियो २५ सय बर्ष पुरानो ३७० ग्रामको सुनको ब्रेसलेट
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
'छावा' ले ७२ घण्टामा विक्की कौशलको १० फिल्मको सबै रेकर्ड तोड्यो
फागुन ५, २०८१ सोमबार
क्षेत्रपाटीबाट चोरिएको मोटरसाइकल नयाँ बजारमा फेला
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
सोमबार ३० अंकले बढ्यो बजारः १० अर्बका शेयर खरिदबिक्री, २७२७ मा उक्लियो नेप्से
फागुन ५, २०८१ सोमबार