जुम्लाका स्थानीय तहले पाँच वर्षमा के गरे ? अभिलेख नै छैन
नेपालबहस संवाददाता
जेठ १०, २०७९ मंगलबार २०:१०:३४
१० जेठ, जुम्ला । जुम्लाका स्थानीय तहहरू अभिलेख राख्न निकै कमजोर देखिएका छन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) कार्यक्रमले गरेको स्थलगत अनुगमनमा यस्तो भेटिएको हो । पहिलो कार्यकालको पाँच वर्षमा गरेका कामको अधिकांश स्थानीय सरकारले अभिलेख राखेका छैनन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) कार्यक्रमले स्थानीय तहले गरेको कार्यसम्पादनको अभिलेखिकरण तथा ऐनअनुसार काम गरे नगरे अनुसारको मुल्यांकन गर्दै आएको छ ।
लिजाद्धारा सोमबार जुम्लामा आयोजित स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण नतिजा प्रस्तुतिकरण कार्यक्रममा जुम्लासहित कर्णालीका स्थानीय तह अभिलेख राख्न कमजोर देखिएका छन् । स्थानीय सासन विज्ञ शिल्पा पोखरेललेका अनुसार लिजाले स्थानीय सरकार संचालन ऐन ०७४ अनुसार कार्यसम्पादन भए नभएको र काम अनुसारको अभिलेख भए नभएको आधारमा स्थानीय तहलाई अंक दिने गर्छ ।
जुम्लाका स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनका क्षेत्रमा थुप्रै काम गरे पनि अभिलेख नहुँदा बढी अंक पाउन सकेका छैनन् । जसले गर्दा संघ प्रदेशबाट पाउने अनुदानमा कटौति हुने गरेको छ ।
तेस्रो पटकसम्म निरन्तर ५० अंक नल्याउने स्थानीय तहले संघ प्रदेश सरकारबाट पाउने अनुदान पाउँदैनन् । ५० भन्दा बढी अंक ल्याउने स्थानीय तहले थप दुई करोड अनुदान पाउँछन् । लिजाले गर्ने काम बारेमा नयाँ जनप्रतिनिधलाई जानकारी दिन तथा स्थानीय तह क्षमता अभिवृद्धि गर्न जुम्लामा कार्यक्रम आयोजना गरेको विज्ञ कमल लम्सालले बताए । उनले भने, स्थानीय तहको मुल्यांकनमा कमजोर देखिनुको मुख्य कारण अभिलेख नहुनु हो । यसमा कर्मचारीको सहयोगको अभाव देखियो भने जनप्रतिनिधको अध्यायन कम र तालिम प्रशिक्षण गराउनु पर्ने देखिएको छ ।
अभिलेखिकरणामा अग्रिणी पातारासी
जुम्लाको पातारासी गाउँपालिका कामसँगै अभिलेख राख्ने तुलनात्मक रूमा अघि देखिएको छ । कामसँगै अभिलेख राख्ने पालिका लिजाको रिर्पोटमा महत्वपुर्ण मनिएको छ । पालिकाले गर्ने कामको अभिलेख राख्नेमा स्थानीय सरकारका कर्मचारी र जनप्रतिधिको ध्यान केन्द्रित हुन जरुरी रहेको छ ।
जुम्लाका आठ स्थानीय तहमध्ये पातारासी गाउँपालिकाले ६७.७५ अंक ल्याएको छ भने सबैभन्दा कम सिंजा गाउँपालिकाले ३२ अंक मात्रै ल्याएको छ । यस्तै, गुठीचौर गाउँपालिकाको ५४, हिमाको ३९, चन्दननाथको ५३, कनकासुन्दरीको ५३ र तिला गाउँपलिकाले ४१ अंक प्राप्त गरेको विज्ञ लम्सालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार
बिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार