फाप्ला र गौतमबुद्ध क्रिकेट मैदान सरकारको नीति तथा कार्यक्रममा समावेश
नेपालबहस संवाददाता
जेठ १०, २०७९ बुधबार ०:६:५२
१० जेठ, काठमाडौं । धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध क्रिकेट मैदानको निर्माण कार्यको कुरा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रियसभासमक्ष संयुक्त रुपमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा दुई क्रिकेट मैदानको निर्माण गरिने उल्लेख छ ।
सरकारले खेलाडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिने तथा खेलमा सहभागी हुने अवसर उपलब्ध गराइने विषय नीति कार्यक्रममा समावेश गरेको छ । मापदण्ड बनाएर खेलाडीलाई पुरस्कार, भत्ता र आकस्मिक तालिमको व्यवस्था गरिने भण्डारीले जनाइन् ।
हरेक स्कुलमा खेल क्लब स्थापना गर्ने नीति सरकारले अवलम्बन गर्ने भएको छ । साहसिक तथा पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने विषयसमेत सरकारले नीति तथा कार्यक्रममा सामवेश गरेको छ । हरेक प्रदेशमा कम्तिमा एक प्रशिक्षक सुविधासहितको एक रंगशाला र प्रशिक्षण स्थान निर्माण कार्यलाई अघि बढाइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार