झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १३:२९:५४
११ जेठ झापा । जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन् ।
महतरा नेकपा एमालेबाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी बनेका हुन् । झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भएका हुन् ।
एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भएका छन् ।
यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित भएक भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बनेका हुन् । बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी बनेका थिए । राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजितभएका थिए ।
झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो । जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित भएका छन् भने कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार