गण्डकीका मुख्यमन्त्री र भारतकी राजदूतबीच भेटवार्ता
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १४:२४:३९
११ जेठ काठमाडौं । नेपालका लागि भारतकी कार्यवाहक राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेट गरेकी छिन् ।
कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा पोखरा आएकी राजदूत खम्पा मंगलबार मुख्यमन्त्रीको कार्यालय पुगी पोखरेलसँग भेट गरेकी हुन् । भेटका अवसरमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ९जीवन०, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा, प्रमुख सचिव रविलाल पन्थ पनि सहभागी थिए ।
मुख्यमन्त्री पोखरेलले मुलुकको समृद्धिका लागि सहकार्य बढाउँदै लैजानुपर्नेमा जोड दिए। उत्तरमा चीनको नाकादेखि दक्षिण भारत जोड्ने कोरला–त्रिवेणी सडक अन्तर्गत दुम्कीवास त्रिवेणी खण्डको आठ किलोमिटर सुरुङ मार्ग निर्माणमा प्रदेशले संघ सरकारमार्फत भारतसँग सहकार्य गर्न तयार रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्रको स्तरोन्नतिका लागि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रतिबद्धता जनाएको स्मरण गराउँदै मुख्यमन्त्री पोखरेलले त्यहाँ मेडिकल कलेज सञ्चालनका लागि भारत सरकारबाट सहयोगको अपेक्षा गरेको राजदूतसमक्ष बताए ।
प्रदेशको रोजगारी प्रवर्धन, पर्यटकीय क्षेत्र पोखराको सौन्दर्यीकरणका साथै फेवातालको संरक्षणमा समेत सहकार्य गरेर जान सकिने मुख्यमन्त्रीको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यहाँको व्यावसायिक क्षेत्र फराकिलो हुने भन्दै त्यसै अनुसारका संरचना निर्माण जरुरी रहेको उनले सुनाए । कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले गण्डकी प्रदेशको समृद्धिका लागि सहकार्य गर्न भारत तयार रहेको बताइन् । प्रदेशभित्रका सडक, पर्यटकीय पूर्वाधार र यातायात क्षेत्रमा भारतीय सरकारले सहयोग गर्दै आएको र योजनाबारे विस्तृत विवरण प्राप्त भए थप काम सुरु गर्ने भनाइ छ। नेपाली विद्यार्थीलाई छात्रवृत्तिका साथै विद्यालय तथा क्याम्पसका लागि बस, अस्पताल र संघसंस्थाका लागि एम्बुलेन्स प्रदान गर्दै आएको र यसले निरन्तरता पाउने प्रतिबद्धता उनले जनाइन् ।
भारतीय राजदूतावासमार्फत प्रदेशभर ५२ वटा योजना सञ्चालन भएकोमा कास्कीमा मात्र ११ वटा योजना सञ्चालनमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार