काबेली ३ जलविद्युतको मुख्य लगानीकर्ता बन्यो एनएमबि बैंक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १९:०:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/Picture-11653397994_uUY2K7KU20.jpg)
११ जेठ, काठमाडौं । एनएमबि बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रा. लि. द्घारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो । यस आयोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीय करणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ ।
२१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत रु ४ अर्ब २८ करोड ५० लाख रहेको छ जस मध्ये बैकहरुको ऋण लगानी रु. ३ अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबि बैंक लि.ले कुल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको Environmental and Social Mitigation Guidelines अनुसार एनएमबि बैंक लि.ले Environmental and Social Policy तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System) लागु गरिसकेको छ ।
बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली अन्तर्गत प्रचलित अन्तराष्ट्रिय अभ्यासलाई आत्मा सात गर्दै जलविद्युतका आयोजनामा लगानी गर्ने प्रतिवद्घता जाहेर गरेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी “बैंक अफ दि इयर नेपाल” प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार