राष्ट्र बैंकको सञ्चालकमा विपक्षीलाई पनि भाग, विज्ञभन्दा आफन्तमै सरकारले दियो जोड
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार १९:१५:४९
११ जेठ, काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक सदस्य नियुक्तिमा पनि भागबण्डा गरेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएपनि सत्ता गठबन्धनबाट नेकपा माओवादी निकट र विपक्षी दलबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका पूर्वडेपुटी गभर्नरी गरी दुइ जनालाई नियुक्त गरेको हो ।
सिफारिस समितिले नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमाले समर्थक तीन जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सञ्चालक समितिमा बाहिरका विज्ञलाई प्राथमिकता दिने भनिए पनि बाहिरबाट एक जनामात्रै सिफारिसमा परेका थिए ।
सिफरिसमा नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाका भाई दीलिप ढुंगाना, एमाले अध्यक्ष ओली निकट मानिएका पूर्वडेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र नेकपा माओवादी निकट राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक डा. शंकरप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो ।
मंगलबारको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको हो ।शिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि एक महिना अघि देखि ती पद रिक्त थिए ।
सिफारिसमा परेका ढुंगाना लेखापरीक्षण व्यवसायसँग सम्बन्धित रहेको बताइएको छ । उनको योग्यता नपुगेकाले नियुक्ति नगरिएको बताइन्छ । नियुक्तिको विषयलाई लिएर कांग्रेसभित्र भने असन्तुष्टि देखिएको छ । सरकारको नेतृत्वमा रहेर पनि प्रधानमन्त्री शेरबहादुर देउवाले दीर्घकालीन प्रभाव पार्ने यस्ता नियुक्तिमा ध्यान नदिएको कांग्रेस नेताहरुको भनाई छ ।
यसअघि नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा पनि ठूलो रकम लिएर विवादित व्यक्तिलाई नियुक्त गरेको भन्दै विवाद आएको थियो । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा ओली सरकारकै पालामा बदनामी कमाएका सुनिल पौडेललाई ४० कराेडकाे चलखेलमा नियुक्त गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार