रिलायन्स लाइफले ग-यो ४१ लाख मृत्यु दाबी रकम भुक्तानी
नेपालबहस संवाददाता
जेठ ११, २०७९ बुधबार २३:३६:६
११ जेठ, मङ्गलबारे । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईको परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालकाका प्रमुख केदार थापाले संयुक्त रुपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईंलाई हस्तान्तरण गरेका हुुन ।
गत ७८ साल चैत महिनामा बीमा गरेका निर्माण व्यवसायी प्रवीण चापागाईंको पाँच महिनापछि मृत्यु भएको थियो । पचास लाखको बीमा गर्दा पहिलो किस्ता बापतको चार लाख २५ हजार तिरेका उनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापक सूर्यप्रकाश गुप्ताले बीमा बचतसँगै आर्थिक जोखिम बहन गर्ने माध्यम भएको चर्चा गरेका छन् ।
उनले बीमा कम्पनीमा जीवन बीमा गरी आफ्नो र परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्नसमेत आग्रह गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बराल, इलाम नगरपालिकाका प्रमुख थापा, इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लप भट्टराई, निर्माण व्यवसायी सङ्घ इलामका उपाध्यक्ष निरोज राउत लगायतले बीमा कम्पनीले गराएको आर्थिक सहायताको प्रशंसा गरेका छन् ।
कम्पनी इलाम शाखाका प्रबन्धक लक्ष्मण चौलागाईंले स्थानीय तहहरूले पनि कार्यक्रम निर्माण गर्दा बीमाको पहुँचमा आफ्ना नागरिक पुग्न सक्नेमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । उनले नागरिकप्रति उत्तरदायी बन्न सहुलियत दिने खालका कार्यक्रम ल्याउन सुझावसमेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार