रौतहटका १८ वटै पालिकाको नतिजा सार्वजनिक, कुन दलले कहाँ-कहाँ जिते ?
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १२:३२:१६
१२ जेठ रौतहट । रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले सात, नेकपा एसले चार, एमालेले तीन, लोसपाले दुई तथा जसपा र माओवादी केन्द्रले एक एक पालिकामा जित हात पारेका छन् ।
कांग्रेसले फतुवा विजयपुर, राजपुर, कटहरिया, गढीमाई, चन्द्रपुर, परोहा र माधव नारायण नगरपालिकामा जितेको छ । २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक एक पालिका गुमाएको हो । यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ ।
एकीकृत समाजवादी वृन्दावन, गौर, बौधीमाई र राजदेवी नगरपालिकामा विजयी भएको छ । एमालेले देवाही गोनाही, गरुडा र मौलापुर नगरपालिकामा जित हात पारेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिका जितेको हो । यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको गरुडा र देवाही गोनाहीमा एमालेले जित हात पारेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । २०७४ को निर्वाचनमा तीन पालिका जितेको माओवादी केन्द्रले रौतहटमा यो पटक एउटा पालिकामा जित हासिल गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार