शाओमीको तीन नयाँ इको–सिस्टम उत्पादनहरू नेपाली बजारमा
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १७:४४:२
१२ जेठ, काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा ल्याएको छ । शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्ट अन्तर्गत को होम सेक्युरिटी क्यामरा घर को सुरक्षा को निम्ती हो भने बाँकी दुई स्मार्ट वाच हरु हुन् ।
लन्चमा बोल्दै शाओमी नेपाल का कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने ,“ हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु हाम्रो उपभोक्तामा झल्याउन प्रयास रत छौँ । हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताहरु को को लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यवहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचरहरु भएको उत्पादन हरु दिन सकौँ ।
उक्त उत्पादनहरुको बारेमा थप बोल्दै पंडाले भने , “शाओमी एस् वान एक्टिभ फिट्नेसमा रुची राख्ने व्यक्तिहरु को लागि उपयोगी लेटेस्ट र स्टाइलिश स्मार्ट वाच हो । यसमा १. ४३ इन्चको हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन रहेको छ । यसले चौबिसै घण्टा मुटुको चाल रेकर्ड गर्नु को साथै अन्य ११७ वटा फिट्नेस मोड हरु पनि रहेको छ ।
नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफ पनि छ । खेल प्रेमी हरु को लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वा हलुका हुनुको साथै यस मा भएको डुअल ब्यान्ड जिपि एस्ले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ जसले गर्दा ठेगानाहरु छिटो र सहि रुपमा ट्र्याक हुन्छ ।
यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १. ४७इन्च को फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुको साथै चौबिसै घण्टा मुटुको चाल पनि रेकर्ड वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।
त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालो मा पनि फुलकलर प्यालेट देख्न सकिन्छ । यि क्यामराहरु ले ३६० एङल बाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन् जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाईन्छ ।
साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचर ले गर्दा जहाँबाट पनि आफ्नो परिवारसँग कुरा गर्न सकिन्छ । यसमा ३२ जि बि सम्मको स्टोरेज छ र यसलाई घर को जुन सुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ ।
शाओमी एस् वान एक्टिभ स्मार्ट वाचको मुल्य नेपाली रुपैँया २२,९९९ रहेको छ भने रेड मि स्मार्ट ब्याण्ड प्रोको मुल्य रु ६,१९९ रहेको छ । त्यस्तै मीहोम सेक्युरिटी क्यामरा ३६० को मुल्य रु ४,४९९ रहेको छ र यी तीन वटै उत्पादनहरु मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरहरुमा उपलब्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार