हुम्लामा पहुँचविना हवाइजहाजको टिकट नपाइने
नेपालबहस संवाददाता
जेठ १२, २०७९ बिहिबार १८:५५:३२
१२ जेठ, सुर्खेत । पहुँचविना हवाइ टिकट नपाइने हुँदा हुम्ला जान र आउन सर्वसाधारणले कष्ट भोग्दै आएका छन् । यतायातका अन्य साधनको सहज पहुँच हुम्लामा नभएकाले एउटा टिकटका लागि समेत शक्ति केन्द्र धाउन सर्वसाधारण बाध्य छन् । त्यसमाथि पनि यहाँ निजी जहाजमात्रै सञ्चालन हुने गरेको छ । हाल हुम्लामा तारा र समिटले मात्र उडान गरिरहेका छन् ।
सिमित सिटका कारण हवाइयात्रा गर्न हरेक पटक पावर लगाउनुपर्ने बाध्यता रहेको हुम्लाका सञ्चारकर्मी नरजन तामाङले बताए । हुम्ला सडक सञ्जालले नछोएको जिल्ला हो । सुर्खेतबाट हुम्ला जान १० हजार, हुम्लाबाट सुर्खेत आउँदा सात हजार रकम तिर्नुपरेको यात्रुहरू बताउँछन् ।
सरकारी स्वमित्वको नेपाल वायु सेवा निगमले उडान कम गर्दा यात्रुहरू मारमा परेका छन् । हुम्ला कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको जिल्ला पनि हो ।
स्थानीयले सरकारी स्वामित्वको जहाज चलाउन र उडान संख्या बढाउन मुख्यमन्त्री शाही र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरीङ डम्डुल लामा ‘कार्चेन’ समक्ष पटक पटक आग्रह गरेका छन् । तर, उनीहरूको मागको सुनुवाइ भएको छैन ।
नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे । ‘तारा एयरले दिनको एक उडान मात्र गर्छ हामीले टिकट पाउदैनौं,’ उनले भने । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले उडान भर्न छाडेको छ ।
सुर्खेतभन्दा नेपालगन्जबाट हुम्लाका लागि फलाइटमा अझ महँगो छ । त्यस्तै, अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपी नसक्नुको छ । नेपालगन्जबाट डोल्पा जाँदा नौ हजार र फर्कदा पाँच हजार रकम तिर्नु पर्ने बाध्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधान सेनापतिद्वारा रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
मंसिर १४, २०८१ शुक्रबार
भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा झापाका हरिप्रसाद फुँयाल पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार