काठमाडौंको मेयरमा बालेन र उपेमयरमा सुनिता निर्वाचित
नेपालबहस संवाददाता
जेठ १३, २०७९ शुक्रबार १२:८:१८
१३ जेठ काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन ६१ हजार ७६७ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा थिए। उनले पाँच दलसहितको सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारमाथि भारी मतान्तरले जित निकालेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ र नेकपा एमालेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे । आँखीझ्याल चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याए ।
उपप्रमुख उपमेयरमा भने सुनिता डंगोल अत्याधिक मतले निर्वाचित भएकी छिन्। उनले ६८ हजार ६१२ मत प्राप्त गरिन्। देशभरका जनप्रतिनिधिमध्ये सुनिताले प्राप्त गरेको मत सबैभन्दा धेरै हो ।
उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत ल्याए । १ लाख ९१ हजार १ सय ८६ मत खसेको काठमाडौंमा मतगणना सुरु गरेको दुई सातापछि अन्तिम परिणाम सार्वजनिक भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार
वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार